बेलडाँडी बेलौरीका काँग्रेस एमालेका कार्यकर्ता माओवादीमा प्रवेस


कञ्चनपुर: कञ्चनपुरको बेलडाँडी, बेलौरीका काँग्रेस एमालेका नेता कार्यकर्ता माओवादीमा प्रवेस गरिरहेका छन । सोमबार नेकपा माओवादी केन्द्र बेलौरीमा आयोजित कार्यक्रममा बेलडाँडी र बेलौरी क्षेत्रका काँग्रेस एमालेका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेस गरेका हुन ।

काँग्रेस, एमाले परित्याग गरेर माओवादीमा प्रवेस गर्नेहरुलाई नेकपा माओवादी केन्द्रका पोलिट्ब्यूरो सदस्य तथा पुर्वमन्त्री बिना मगरले स्वागत गरेकी छिन । नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता दिपक तिमिल्सिनाले काँग्रेस एमाले सहितका अन्य दलबाट माओवादी प्रवेस गर्नेहरु युवा रहेको बताए ।

उनका अनुसार काँग्रेस बेलौरीका नगर सदस्य सन्तोष विष्ट, वडा सदस्य रमेश विष्ट, तरुण दलका नेता निम प्रशाद ढुङगाना, एमाले बेलडाँडीका गाँउ कमिटि सदस्य जयराम चौधरी सहितका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेस गरेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img