कन्चनपुर : लोकतान्त्रिक समाजवादी पार्टी नेपाल कन्चनपुरले मंसिर ४ गते हुने संघीय निर्वाचन र प्रदेश सभाको निर्वाचनका लागि सर्वसम्मत रुपमा उम्मेदवारको नाम सिफारिस गरेको छ। पार्टीको सोमबार बसेको बैठकले निर्वाचन क्षेत्र नम्बर १ मा प्रत्यक्ष तर्फ राम किसन राना प्रदेश सभा प्रत्यक्ष तर्फ (क) मा बुझौना चौधरी (ख) मा पार्वती रानालाई सिफारिस गरेको छ।
निर्वाचन क्षेत्र नम्बर २ मा प्रत्यक्ष तर्फ लोकराज भट्ट प्रदेश सभा प्रत्यक्ष तर्फ (क) जगन्नाथ केसी (ख) लक्ष्मी देवी डंगौरा लाइ सिफारिस गरेको छ । निर्वाचन क्षेत्र नम्बर ३ मा प्रत्यक्ष तर्फ अम्बा दत्त तिवारीलाइ सर्व सम्मत सिफारिस गरेको छ। समानुपातिक तर्फ खस अार्य कोटाबाट विमला पनेरु र अादिवासी जनजाति थारु कोटा बाट प्रेमवती रानालाई सर्व सम्मत सिफारिस गरेको छ। त्यसैगरी प्रदेश सभा समानुपातिक तर्फ सान्ती चौधरी, सिवरानी राना, रामकृष्ण राना र खस अार्य मनिषा भट्ट रेग्मीलाई सिफारिस गरेको पार्टी प्रवक्ता अम्बा दत्त तिवारी ले बताए। हाल प्रदेश सभामा प्रत्यक्ष निर्वाचित १ जना सांसद रहेका छन । रणनीतिक योजना सहित निर्वाचनमा सहभागी हुने प्रवक्ता तिवारीले बताए।






