हात्तीको आतंक न्युनिकरण गर्न दोधारा चाँदनीको बडुवाल टोलमा टर्चलाईट


पप्पु गुरुङ्ग, दोधारा । बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि बडुवाल टोलमा जंगली हात्तीको आतंक चलिरहेको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ बडुवाल टोल आसपास बस्तीमा जंगली हात्तीले स्थानियहरुको अन्नवाली खाएर उधनेर नष्ट गरेर आतंक मच्चाएर आतंक मच्चाउन थाले पछि दोधारा चाँदनी नगरपालिका कार्यालय र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्दढ परियोजनाबाट बस्तीमा ५० थान टर्चलाईट बितरण गरिएको छ् । रातीको समयमा जंगली हात्ती बस्तीमा प्रबेश गर्ने भएको कारण हात्तीलाई धपाउन तथा सुरक्षित रहन टर्चलाईट बितरण गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् । बस्तीमा जंगली हात्तीको आतंक छाए संग दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुको बस्तीमा टर्चलाईट बितरण गर्ने योजना अनुरुप भारत संग जोडिएको घरपरिवारलाई एक–थान टर्चलाईट बितरण गरिएको दोधारा चाँदनी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष हरिसिंह धनाडीले बताएका छन् ।

बस्तीमा टर्च पाएपछि स्थानियहरुले हात्तीबाट सुरक्षित बस्न तथा खेतवालीमा हात्ती धपाउन सहज हुने बताएका छन् । जगबुडा नदीको पारि तथा भारत संग सिमा जोडिएको सिमा बस्तीका स्थानियहरु आर्थिकरुपमा कमजोर रहेका छन् । वर्षौ देखि हात्तीले खेती नष्ट गर्दै आएको कारण खाद्यान्नको अभाव श्रजना भईरहन्छ् । उनिहरुले भारतमा गएर ज्यालामजुरी गर्ने र खेतीपाती गरेर आफ्नो जिविका चलाउदै आएका छन् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले बडुवाल टोलमा बिगतका दिनहरुमा आफुले जंगली हात्तीले स्थानियहरुको घर भत्काएको बेला ब्यक्तीगतरुपमा खाद्यान्न लगाएत टर्चलाईट तथा लत्ताकपडा सहयोग गर्दै आएका बताउदै जंगली हात्तीको आतंक रोक्न आफुले पहल थालेको बताएका छन् । ‘बडुवाल टोलको हात्ती आतंकलाई मैले बिगत देखि नजिकबाट देखेको छु, मेयर भईसकेपछि हात्तीको आतंक रोक्न केही गर्छु’ दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले भने ।

दोधारा चाँदनी नगरपालिका कार्यालयले २५ थान र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्दढ परियोजनाबाट बडुवाल टोलमा जंगली हात्तीबाट खेतीपाती बचाउन र सुरक्षाको लागी २५ थान गरि जम्मा ५० थान टर्चलाईट बितरण गरिएको उनले बताए । मेयर लिम्बुले नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारलाई बिशेष धन्यबाद दिदै बिगत देखि दोधारा चाँदनीका स्थानियहरुमा परेको पिरमर्का र बिकासमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ले सघाएको भन्दै सुद्दढ परियोजनाका टोली संग आगामी दिनहरुमा समेत सहकार्य गरेर जाने बताएका छन् ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्दढ परियोजनाका कार्यक्रम अधिकृत प्रभुनिधी पन्तले जंगली हात्तीले स्थानियहरुको अन्नवाली नष्ट गरि भोकमरीको समस्या निम्त्याएको भन्दै दोधारा चाँदनी नगरपालिका कार्यालय संग सहकार्य गर्दै थोरै भएपनि सहयोगको हात बढाएको बताएका छन् । बडुवाल टोलमा टर्चलाईट बितरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, उपमेयर गंगा देबी जोशी, वडाध्यक्ष हरिसिंह धनाडी, पदम रावल, वडासदस्य, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का प्रभुनिधी पन्त, टेक बुढा, सुरक्षाकर्मी तथा स्थानियहरुको सहभागिता रहेको थियो । दोधारा चाँदनी नगरपालिका कार्यालय र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ले हात्तीबाट सुरक्षित बस्न तथा खेतीपाती जोगाउन टर्चलाईट बितरण गरेकोमा खुशी ब्यक्त गरेका छन् ।


ताजा समाचार

spot_img