बडुवाल टोलमा टर्चलाईट बितरण गरिने


दोधारा । दोधारा चाँदनी नगरपालिकाका हात्तीपिडित बस्तीमा टर्चलाईट बितरण गरिने भएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालय र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सहयोग र सहकार्यमा दोधारा चाँदनी नगरपालिका वडा नं. ३ बडुवाल टोलमा हात्ती धपाउन र सुरक्षित रहनेका लागी टर्चलाईट बितरण गरिने भएको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले जनाएका छन् ।

बडुवाल टोलमा जंगली हात्तीले सताउन थालेपछि दोधारा चाँदनी नगरपालिका कार्यालयले नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्दढ परियोजना संग सहकार्य गरि बस्तीमा टर्चलाईट बितरण गरिने भएको हो । भोली बडुवाल टोलमा टर्चलाईट बितरण गर्ने कार्यक्रम रहेको बताईएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयको २५ थान र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) २५ थान गरि ५० थान टर्चलाईट बितरण गरिने भएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले बताएका छन् ।

भारत संग जोडिएको सिमा बस्तीका घरहरुमा टर्चलाईट बितरण गरिने बताईएको छ् । टर्चलाईटले बडुवाल टोलका स्थानियहरुलाई हात्ती धपाउन र सुरक्षित रहन सहज हुने बताईएको छ् ।


ताजा समाचार

spot_img