मृतक रंगलाल बादीको काजक्रियाको लागी दोधारा चाँदनी नगरपालिकाको सहयोग


दोधारा । जगबुडा नदीमा आएको बाढीबाट मृत्यु भएका रंगलाल बादीको काजक्रियाको लागी दोधारा चाँदनी नगरपालिका कार्यालयले सहयोग गर्ने भएको छ् । आर्थिक अवस्था दैनिय रहेको दोधारा चाँदनी नगरपालिका वडा नं. ३ बडुवाल टोलका वर्ष अन्ताजी ५३ का रंगलाल बादी गएको शनिवार जगबुडा नदीमा दाउरा संकलन गर्ने क्रममा नदीमा डुबेर मृत्यु भएको हो । जगबुडा नदीमा बाढी आउदा नदीले ल्याएको दाउरा संकलन गर्ने क्रममा रंगलाल बादीको मृत्यु भएको बताईएको छ् ।

दोधारा चाँदनी नगरपालिका कार्यपालिकाको आज बसेको बैठकले आर्थिक अवस्था दैनिय रहेको मृतक रंगलाल बादीको काजक्रियाको लागी घरपरिवारलाई रु. १० हजार सहयोग रकम उपलब्ध गराउने निर्णय भएको दोधारा चाँदनी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष केशव खत्रीले जानकारी दिएका छन् ।

एक छाक टार्न समस्यामा रहदै आएको मृतक रंगलालको काजक्रिया गर्न समस्या देखिएको हुदा नगरपालिका कार्यपालिकाको बैठकले मृतक रंगलाल बादीको काजक्रियाको लागी रकम सहयोग गर्ने निर्णय गरिएको वडाध्यक्ष खत्रीले जानकारी दिएका छन् । मृतक बादी बडुवाल टोलको झोलुङ्गे पुल भन्दा केही अगाडी जगबुडा नदीमा दाउरा खोज्ने क्रममा डुबेर ज्यान गएको हो ।


ताजा समाचार

spot_img