बाढीले बगाउदा दोधारा चाँदनीमा एकको मृत्यु


दोधारा । दोधारा चाँदनीमा जगबुडा नदीमा डुबेर एक पुरुषको ज्यान गएको छ् । दोधारा चाँदनी नगरपालिका बडुवाल टोलका अन्ताजी ५३ वर्षिय रंगलाल बादीको नदीमा दाउरा खोज्ने क्रममा डुबेर ज्यान गएको हो । आज बिहान घर नजिकै रहेको जगबुडा नदीमा दाउरा संकलन गर्ने क्रममा रंगलाल बादीको नदीमा डुबेर ज्यान गएको स्थानियहरुले बताएका छन् ।

बडुवाल टोल झुलुङ्गे पुल नजिक जगबुडा नदीमा डुबेका रंगलाल बादीको पुल देखि झण्डै आधा किलोमिटर पुर्णागिरीघाटमा शव फेला परेको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (देबिस्थान) का प्रहर िनिरिक्षक प्रबिन फुर्‍यालले जनाकारी दिएका छन् । स्थानियहरुले घट्नाको खबर गरेसंगै सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घट्नास्थलमा पुगेको थियो ।


ताजा समाचार

spot_img