धिरेन्द्र भट्ट/कंचनपुर : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्ता टिकाउने नाममा सत्ता गठबन्धनले नागरिकता विधेयक अघि ल्याएको बताएका छन्। शुक्रबार काठमाडौमा नवनिर्मित चुनदेवी जेष्ठ नागरिक सत्तल तथा बाल उद्यान उद्घाटन कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले विधेयक राष्ट्रिय हितविपरीत रहेको बताएका प्रस्टीकरण दिएका छन्। राष्ट्रिय सभा र प्रतिनिधि सभाबाट संशोधन नभई प्रमाणीकरणको लागि रास्ट्रपति समक्ष पठाइएको विधेयक उनले रास्ट्रपतिले प्रमाणीकरण नगर्नु देशको हितमा रहेको उनले बताए। आमाबाबु अंगीकृत नागरिक भएमा उनीहरुका सन्तानले जन्मसिद्ध नेपाली नागरिकता पर्ने उनको ठहर छ। तर गैर नेपालीले नेपाली संग बिबाह गरेको भोलिपल्ट नेपाली नागरिकता प्रदान गर्ने खोलिएको बाटो खेद जनक र राष्ट्रिय हितविपरीत रहेको समेत उनले उल्लेख गरे।

‘नेपाललाई सिक्किम वा फिजि बनाउने कुरा शीत नागरिकता विधेयकको साइनो सम्बन्ध छ भनेर किन न भन्ने। सत्ता टिकाउने नाममा, सरकारमा बस्ने नाममा, प्रधानमन्त्री र मन्त्री बन्ने नाममा यो एउटा घृणित कुरा भएको छ, उनले थपे, ‘नागरिकता प्रदान गर्ने कुरा जुन किसिमले गरिएको छ यो खेदजनक छ राष्ट्रिय हितविपरीत छ।’ बताए नागरिकता विधेयकमा राष्ट्रिय हितविपरीत गर्ने काम स्वीकार गर्न नसकिने बताए। आफु जुनसुकै ठाउँमा रहे पनि त्यस्ता कार्यको बिरोध गर्ने पोखरेलको भनाइ छ।







