कञ्चनपुर : भारतको दिल्लीस्थित नोएडा विलेज रेसिडेंट्स एसोसिएशनद्वारा नेपाल–भारत वर्ल्ड डेवलपमेंट फोरमका अध्यक्ष मधुरेन्द्र जैसवाल सम्मानित भएका छन् । नोएडा विलेज रेसिडेंट्स एसोसिएशनले अध्यक्ष जैसवाललाई नोवरा सम्मान प्रदान गरिएको छ ।
नोवरा अध्यक्ष रंजन तोमरले जैसवाल बिगत लामो समय देखि नेपाल–भारत दुवै देश बीच सम्बन्ध स्थापित गर्न र भावना जगाएको बताएका छन् । नेपाल–भारत वर्ल्ड डेवलपमेन्ट फोरमद्वारा समय–समयमा भारतीय र नेपाली राजदूताबाससँग मिलेर मैत्री बढाउने भूमिका निर्वाह गर्दै आएको छ । जैसवाल नेपालका मूल निवासी हुन् ।







