निड्स नेपालको अधिवेशन शुरु


कञ्चनपुर : निड्स नेपाल कञ्चनपुुरको २३ औँ बार्षिक साधारण सभा तथा ८ औँ अधिवेशन शुरु भएको छ । शुक्रबारदेखि महेन्द्रनगरमा निड्स नेपालको साधारण सभा तथा अधिवेशन शुरु भएको हो । बार्षिक साधारण सभामा निड्स नेपालका अध्यक्ष अन्जु जोशी(भट्ट)ले बार्षिक प्रगति प्रतिवेदन तथा चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छिन । अध्यक्ष जोशीले प्रस्तुत गरेको बार्षिक प्रगति तथा प्रतिवेदनमा कैलाली कञ्चनपुरका युवाहरु लागृु पदार्थ तथा कुलत दुव्र्यवनीबाट जोखिमा परिरहेको हुँदा न्यूनिकरणनका लागि अभियान संचालान गरिने छन ।


निड्स नेपालका सचिव बिर बहादुर सिह(ठकुरी)ले कार्यक्रमको संचालन एव संस्थाको बार्षिक साँगठानिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सचिव ठकुरीले प्रस्तुत गरेको प्रतिवेदनमा कोभिड महामारी नियन्त्रणदेखि थुप्रै अभियानमा निड्ले समाज सुधारात्मक भूमिका निर्वाह गरेको जनाएको छ । संस्थाका सहसचिव दुर्गा खरेलले आर्थिक प्रतिवेदन प्रंस्तुत गर्दै कुल २१ करोड १ लाख ७०हजार बराबरको आयव्यय प्रस्तुत गरेकी छिन । समाजिक लेखा परीक्षक जय बहादुर महराले प्रतिवेदन प्रंस्तुत गर्दै संस्थाले थुप्रै समाजिक काम गरेको उल्लेख गरेका छन ।

निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले संस्थाले थप प्रभावकारी कार्यक्तम ल्याउने बताए । कार्यक्तममा विभिन्न सरकारी तथा गैर सरकारी संस्थाका पदाधिकारीले संस्थाबाट प्रवाह भईरहेका सेवा सुविधाले नागरिक लाभान्वित भईरहेको बताउँदै थप प्रभावकारी कार्यक्रम संचालनमा सुझाव दिएका छन । निड्स नेपालका अध्यक्ष अञ्जु जोशी(भट्ट)को अध्यक्षतामा शुरु भएको कार्यक्तममा गैसस महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष देवी खनालको प्रमुख आथित्यमा भएको कार्यक्तममा विभिन्न संघ संस्थाका प्रतिनिधीको सहभागिता रहेको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img