कञ्चनपुर : निर्माण व्यवसायी संघ कन्चनपुरको १४अौ अधिवेशन मा सदस्य पदमा दिपक कार्की दिपिन ले उम्मेदवारी दिएका छन। २०७४ सालमा निर्माण व्यवसायीमा प्रवेश गरेका कार्की ले मेनेजमेन्ट, डिप्लोमा फार्मेसी शिक्षा हासिल गरेका छन्।

पारिवारिक रुपमा व्यपारिक पृष्ठ भुमिबाट निर्माण ब्यवसायमा लागेका कार्कीले दिपिन बिल्डर्स प्रा लि बाट निर्माण ब्यवसाय गर्दै आएका छन्। निर्माण ब्यवसायमा भएको समस्या समाधान गर्ने, गुणस्तरीय सेवा प्रदान गर्ने साना निर्माण व्यवसायीलाई सहज बनाउने मुद्दा अघि सारेर उम्मेदवारी दिएका हुन्।

निर्माण व्यवसायीहरुमा मुल्य अभिबृद्धि कर र लेखापरीक्षण सम्बन्धी दुविधा छ। त्यसैको लागि कार्यक्रम सञ्चालन गर्न पर्ने बताउछन्। निर्माण व्यवसायी कार्कीले कोरोना संक्रमण भएको बेला समयमै अस्पतालमा कोरेन्टाइन निर्माण गरेका थिए।







