नेपाली साङ्गीतिक आकाशमा पुनर्वासका समिर तामाङको उदय “पैसा हेरी” गीत बजारमा


पुनर्वास– पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रलाई माया गर्ने नव सर्जक सष्ट्राहरु भित्रिने क्रम जारी छ। कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका वडानम्बर ३ रामबस्तीमा एक सामान्य तामाङ परिवारमा जन्मेका २६ वर्षिय समिर तामाङ नेपाली साङ्गीतिक क्षेत्रमा उदाएका छन। बालयकाल देखीनै नेपाली गित संगीतलाई माया गर्ने तामाङ अभिनय क्षेत्रमा पनि उतिनै रूचि राख्छन्। सानै उमेरदेखि गायन तर्फ निकै रुचि भएका तामाङले आधुनिक गीत “पैसा हेरी” बजारमा ल्याएका हुन् ।यसै गीत मार्फत तामाङ पनि चर्चामा चुलिदै गएको छ ।

यसैको उदाहरण हो समिर तामाङ को “पैसा हेरी ” बोलको गीत । गत बुधबार मात्रै आरोही ईन्टरटेनमेन्टको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको गीत चर्चा बटुल्न सफल भएको छ । वर्तमान परिप्रेक्ष्यमा माया गर्ने जोडीहरुमा देखिएको व्यवहारलाई चित्रण गर्दै अत्यन्तै मार्मिक भाव समेटिएको गीतको भावले सबैको मन मुटु छुन सफल भई चर्चा बटुल्दै गएको छ । काठमाडौंको लब्ली डाँडामा छायांकल गरिएको म्युजिक भिडियोलाई आरोही ईन्टरटेनमेन्ट प्रा.लि ले बजार ब्यबस्थापन गरेको छ। उक्त गीतमा गायक तामाङको शब्द रहेको छ ।यस गीतमा संगीत, गीतकार तथा गायक समिर तामाङ रहेको छ । निर्देशक बिनय कार्की द्वारा निर्देशन गरेको यस म्युजिक भिडियोमा भिडियो ईडिट मनोज राई र मेकअप अनिसा चामलिङको फिचरिङ रहेका छन् । पहिलो पटकमै तामाङ्गको अभिनयलाई दर्शकले अत्यन्तै मन पराएका छन् ।

गायक तामाङको लय, शब्द र स्वरमा रहेको उक्त गीत माया गर्ने जोडीहरुलाई स्वार्थी मायाको पिडा, सानो र सुखी परिवारमा कसैको आँखा लागेर घर परिवार सहित आफ्ना भविष्य र कर्मनित्य जले पछिको पिडा चित्रण गर्दै मायाप्रेममा अन्धो हुने जोडीलाई सचेत र मार्गदर्शको रुपमा प्रस्तुत गरिएको छ । नव गायक समिर भन्छन्” म शुन्यबाट आफुमा भएको संगीतप्रतिको पागलपनलाई वास्तविकतामा उर्तान अनेक दुखको बाबजुत अनेकौं दुखमा पनि रमाउँदै केही बुझ्दै अनि केही बुझाउँदै यस क्षेत्रमा म निरन्तर लागिरहेको छु । म भित्रको संगीतसँगको मेरो प्रेम अनि संघर्ष पछिको “पैसा हेरी” म्युजिक भिडियो मेरो लागि सफलता नै हो । आफ्नो सानो प्रयासलाई सम्पूर्ण दर्शकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास रहेको र आगामी दिनमा पनि कला क्षेत्रलाई नभुल्ने नव गायक तामाङले बताएका छन् । गायक तामाङ दुबई प्रहरीमा करिब तिन वर्षदेखि कार्यरत छन् ।
हेर्नुस भिडियोमा


ताजा समाचार

spot_img