अर्थमन्त्री रावलद्वारा लक्ष्मी मावि बागफाँटाको भवन उद्घाटन


कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका १९बागफाँटा स्थित लक्ष्मी माध्यामिक विद्यालय भवन निर्माण भएको छ । विद्यालयमा चार कोठे पक्की भवन निर्माण भएको हो । उक्त भवनको एक कार्यक्रमका विच सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री प्रकास बहादुर रावलले उद्घाटन गरेका छन ।
आर्थिक मामिलामन्त्री रावलका स्वकीय सचिव ईन्द्रसिह ठगुन्नाले आर्थिक मामिल्लामन्त्री रावलले भवनको उद्घाटन गर्दै आगामी दिनमा समेत विद्यालयको भौतिक बृद्धि विकासका लागि भवन शैक्षिक शैक्षिक विकासका लागि प्रतिबद्धता जाहेर गरेको बताए । ‘यस अघि पनि मन्त्री ज्यूकै पहलमा विद्यालयमा भवन निर्माण भएका थिए, ‘स्वकीय सचिव ठगुन्नाले भने, ‘फेरीपनि मन्त्री ज्यूले भवन निर्माणका साथै भौतिक पूर्वाधार विकासका लागि प्रतिबद्धता जनाएका छन ।’
विद्यालयका प्रअ प्रमानन्द नाथले विद्यालयमा अझैपनि आधुनिक स्तरिय भवन आवश्यक रहेको भन्दै मन्त्री रावल समक्ष भवनको माग गरेका छन । ग्रामिण भेगको विद्यालयमा भवन निर्माणसंगै अभिभावक हर्षित भएका छन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दशरथ भण्डारीको अध्यक्षतामा भएको कार्यक्तममा अर्थमन्त्री प्रकास बहादुर रावलको प्रमुख आथित्यमा भवन उद्घाटन भएको थियो । कार्यक्रममा भीमदत्त नगरपालिका १९का अध्यक्ष जग्गुराम चौधरी सहितका जनप्रतिनिधी, कर्मचारी, शिक्षक, अभिभावक, पुर्व विद्यार्थी विद्यार्थीको सहभागिता रहेको थियो ।


ताजा समाचार

spot_img