कञ्चनपुर : महाकाली साहित्य सङ्गमद्वारा गोरा महोत्सव २०७९ को अवसरमा बिबिध कार्यक्रम सञ्चालन हुने भएको छ। भाद्र २३ गते ११ बजे देखि भानु पाटी पैलेस महेन्द्रनगरमा बृहत सांस्कृतिक प्रदर्शनी लगायतका कार्यक्रम आयोजना गरिने सङ्गमका अध्यक्ष हरिश प्रसाद जोशीले बताए । देउडिया परिचयात्मक कार्यक्रम, बाल कवि सम्मेलन सम्मान पुरुस्कार वितरण कला प्रदर्शन पुरातात्विक बस्तु ताम्रपत्र शिलालेख भोजपत्र, गरगहना का नमुनाहरू, पोथिपतरा चिठा,लिखत स्थानीय उत्पादित बस्तु भेषभुषा आदिको प्रदर्शनी गरिने अध्यक्ष जोशीले बताए ।

उक्त कार्यक्रममा सबै क्षेत्रका कलाकारहरुको सहभागीता रहने आयोजकको भनाइ छ। सहभागी हुने डेउडियाहरुलाइ आफ्नो वायोडाटा सहित उपस्थित भइदिन र बाल कविले आफ्नो रचना सहित सहभागी हुन अनुरोध गरेको छ। उक्त कार्यक्रममा
कलाकारहरुले आफ्नो बिबिध कला प्रदर्शन गर्ने यसबाट सस्कृति जोगाउन थप सहयोग पुग्ने आयोजकले विश्वास लिएको छ । महाकाली साहित्य सङ्गमका अध्यक्ष जोशीका अनुसार ‘भाद्र २३ गते हुने सांस्कृतिक पर्दशनी सुदूरपश्चिममौ ठुलो ब्यापक प्रर्दशन हो । सुदूर पश्चिमको इतिहास, पुरातत्व, कला, सस्कृति, रहन सहन, जनजीवन, उत्पादन, आयआर्जनका आधार, पर्यटन, उध्योग, वातावरण, वन जडिबुटी, बारे सजग गराउने, खोज अनुसन्धान पुस्तातरण बारे भएकोले यसको महत्व रहेको बताए ।







