कञ्चनपुर: नेपाली काँग्रेसका नेता तथा विश्व हिन्दु महासंघका प्रबक्ता शिरोमणि ओझालाई आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि कञ्चनपुर क्षेत्र नम्बर २ बाट उमेदवार छनोटका लागि सिफारिस गरिएको छ । नेपाली कांग्रेशले समानुपातिकतर्फ उमेदवारको लागि सिफारिस गरेको ओझाले जानकारी दिनुभयो ।

यसैबीच नेपाली काँग्रेसका नेता तथा विश्व हिन्दु महासंघका प्रबक्ता शिरोमणि ओझाले प्रतिबद्धता पत्र जारी गर्दै पार्टीले अवसर दिएमा कुशलतापुर्वक आफ्नो भुमिका निर्वाह गर्ने बताउनुभयो । नेपाल बिद्यार्थी संघको राजनीति बाट अगाडि बडेका ओझा किसानहरुको पक्षमा समेत ओकालत गर्दै आएका छन। युवा हरुमाझ लोकपि्रय नेता शिरोमणि राष्ट्रियता,सिमा सुरक्षाको सन्दर्भमा देसब्यापी सिमा अनुगमन तथा खबरदारी अभियानको नेतृत्व समेत गरिसकेका छन।







