सुदूरपश्चिममा गौरा पर्व शुरु महेन्द्रनगरमा गौरा महोत्सव, देउडा प्रतियोगिता हुने


कञ्चनपुर: सुदूरपश्चिममा गौरा पर्व शुरु भएको छ । प्रदेशका ९वटै जिल्लाका गाँउ गाँउमा गौरा पर्व शुरु भएको हो । यस बर्ष तिज लगत्तै गौरा पर्व शुरु भएको छ । बिरुजा पञ्चमी, बिरुडा धुनेदेखि शनिबारसम्म अठेबाली भएको छ ।
कञ्चनपुरको महेन्द्रनगर गौरा महोत्सव संचालन भएको छ । भीमदत्त नगरपालिका १८कटानमा रहेको गौरादेवी साँस्कृतिक सेवा समितिको आयोजनामा गौरा महोत्सव तथा आइतबारदेखि देउडा प्रतियोगिता हुने भएको छ । गौरादेवी साँस्कृतिक सेवा समितिले समाजिक विकास कार्यालयको आर्थिक सहयोगमा महोत्सव तथा देउडा प्रतियोगिता आयोजना गरेको छ ।

गौरादेवी साँस्कृतिक सेवा समितिका सचिव मदनराज जोशी सुदूरपश्चमेलीहरुको लोक संस्कृति संरक्षण जोर्गेना गर्नका लागि देउडा प्रतियोगिता समेत आयोजना गरिएको बताए । सचिव जोशीका अनुसार आईतबार देखि बुधबारसम्म महिला तथा पुरुष देउडा प्रतियोगिता हुनेछ । बिहीबार गौरा समापन गरिनेछ । महिला तथा पुरुष देउडा प्रतियोगिता हुनेछ । प्रतियोगितमा विजेताहरुलाई पुरस्कार प्रदान गरिनेछ ।


ताजा समाचार

spot_img