गौरा पर्वको प्रमुख दिन आज अठेवाली मनाइदै


धिरेन्द्र भट्ट/कंचनपुर : यतिबेला पश्चिम् नेपालमा विशेष गरि सुदुरपश्चिममा गौरा पर्वको रौनक छाईरहेको छ। भाद्र कृष्णपञ्चमी बाट आरम्भ हुने यो पर्व एक सप्ताह सम्म चल्ने गर्छ।

गौरा पर्वको प्रमुख दिनका रुपमा मानिने अठेवाली आज परम्परा अनुसार मनाइदै छ। यो दिन ब्रतालु महिलाहरूले बिहान न्वाईध्वाई गरि गौरा खालामा गई गौरा देविलाई बाहिर ल्याएर गोलबद्ध भएर गौरालाई पन्च अन्न(बिरुडा) ले पुज्ने गर्छन्। साथै भिजाएका पन्च अन्न(बिरुडा) बाड्ने सोहिको केही भागले घरपरिवारका सदस्यहरुको टाउको पुज्ने र बचेको बिरुडालाई भुटेर प्रसादको रुपमा खाने गरिन्छ।

सप्तमिका दिन शुद्ध कासले वनाएर घरमा भित्र्याएको गौरा देविको मुर्ति र काठको महेश्वरको मुर्ति लाई घरवाहिर ल्याएपछि ब्रतालु महिलाहरुले पालैपालो ति गौरा देवी र महेश्वर लाई टाउको मा राखी खेलाउने गर्दछन ।
यसरी खेलाउदा उनीहरुले गौरा गित गाउने गर्दछन जसलाई (फाग) भन्ने गरन्छि । उमा-महेश्वरको पूरा सकिएपछि गौरामा चढाएको दुव धागो निकालेर घाटिमा लगाउने गर्दछन।

यसै दिन ब्रतालुहरुले ल्याएका र पुजामा प्रयोग गरिएका फल आकाशमा उडाउने गरिन्छ जसलाई फल फट्काउने भनिन्छ। यसरी आकाशमा उडाएको फल पाउने ब्यक्तिको चिताएको पूरा हुने जनविश्वास रहेको छ।

गौराको विसर्जन नभए सम्म विभिन्न धार्मिक स्थल तथा मन्दिरहरुमा महिला र पुरुषको छुट्टाछुट्टै रूपमा गोलबद्ध भएर देउडा खेली रमाइलो गर्ने गर्दछन।


ताजा समाचार

spot_img