सुदूरपश्चिममा गौराको रौनक (भिडियो सहित)

महाकाली साहित्य संगमले गौरा महत्सव २०७९को अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।


कञ्चनपुर: सुदूरपश्चिममा गौरा पर्वको रौनकता छाएको छ । बिहीबार देखी विधिवत रुपमा सुरु भएको गौराको पहिलो दिन घर घरमा एक महिलाले घरमा विरुडा (पाच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर सुरुवात गरिन्छ । परापूर्व देखिको परम्परा अनुसार तामाको भाँडोलाई गाइको गोबरले लिपेर दुबो अक्षताले सजाएर भाँडोमा मास, कलौ, गहत, गहुँ र गुरुस भिजाएर बिरुडा बनाउने गरिन्छ। विरुडा पन्चमी बाट गौरा पर्वको सुरुवात हुने गर्दछ । बिरुडा भिजाउदा महिलाहरु सगुन फाग लय हालेर गाउने गर्दछन्। भिजाएर राखेको बिरुडा षष्ठी को दिन पखाल्ने गरिन्छ।

सप्तमी र अष्टमीलाइ गौराको विषेश दिन मान्ने गरिन्छ। सप्तमीको दिन महिलाहरु नजिकैको खेतबारीमा गएर धान र सउ घाँस बाट गौरा को प्रतिमा बनाई डालोमा राखेर गौरा घरमा भित्राउ छन्। गौराको पुजा गर्दा श्रीमान तथा घर परिवारका सदस्य निरोगी दीर्घाय परि बारमा सुख समृद्धि कायम रहने विस्वास छ । अष्टमीका दिन पुजा आजा गर्दै गौरा घरमा नचाउने गरिन्छ। महिला पुरुष देउडा खेल खेल्ने गर्छन्। प्राचीन कालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रुपमा भगवान्। शिवकी अर्धाङ्गीनी शक्तिस्वरुपा पार्वती (गौरी) लाई गौरा देवीको रुपमा पूजा गरिंदै आएको छ ।

शिवगौरीको स्थानीय लोकरीतिअनुसार पूजाअाजा गरिने पर्व नै गौरा हो। यो पर्व अगस्ति ताराको उदयका हिसाबले शुक्ल या कृष्ण दुवै पक्षमा पर्छ । शुक्ल पक्षमा परेको गौरालाई उज्याली गौरा भनिन्छ भने कृष्ण पक्षमा परेको गौर लाई अन्यारी गौरा भनिन्छ । यी दुवै गौर लाई अति पवित्र मानिए पनि उज्याली गौरालाई विशेष महत्वका साथ हेर्ने गरिन्छ । गौराकै अवसरमा सुदूर पश्चिमका विभिन्न स्थानमा गौरा कार्यक्रम राखिएको छ ।

कञ्चनपुरमा पनि महाकाली साहित्य सङ्गमले गौरा पर्वको अवसरमा विभिन्न कार्यक्रम राखेको छ। महकाली साहित्य संगमले हरेक वर्ष आफ्नै मौलिकताको आधारमा मनाउने गर्दछ । यस वर्ष पनि महाकाली साहित्य संगमले कञ्चनपुर महेन्द्रनगरको खुल्ला मञ्चमा गौरा प्रतियोगिताको आयोजना गरेको छ । जसमा गौरा पर्वमा पुजा गरिने र खाइने विरुडाको प्रसाद सगै विभिन्न प्रकारका सुदूरपश्चिमका बाजा नाचगान पनि पस्तुत गरिने छ ।

 


ताजा समाचार

spot_img