काँग्रेस युवा नेता साउद महाकाली अस्पताल व्यवस्थापन समितिको सदस्य


कञ्चनपुर : नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता ईन्द्र सिह साउद महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिको सदस्यमा नियुक्त भएका छन । सुदूरपश्चिम प्रदेश सरकार समाजिक विकास मन्त्रालयले साउदलाई महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिको सदस्यमा नियुक्त गरेको हो ।


सदस्य रिक्त रहेको कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिको सदस्यमा साउदलाई नियुक्त गरेको छ । नेवि संघको विद्यार्थी राजनीतिबाट राजनीतिमा सकृय रहेका नेता साउद कञ्चनपुरका सकृय काँग्रेस युवा नेता हुन । साउदले आफुलाई सरकारले दिएको जिम्मेबारी अनुरुप जनताको स्वास्थ्य अधिकारको क्षेत्रमा काम गर्ने प्रण गरेका छन ।


ताजा समाचार

spot_img