निर्माण व्यवसायी संघ कञ्चनपुरको १४ औं अधिवेशनको अध्यक्षमा निरञ्जनप्रसाद भट्टले प्यानल उम्मेदवारी घोषणा

कञ्चनपुर : निर्माण व्यवसायी संघ कञ्चनपुरको १४ औं अधिवेशनको अध्यक्षमा निरञ्जनप्रसाद भट्टले प्यानल उम्मेदवारी घोषणा गरेका छन् ।

भट्टको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा राजेन्द्रबहादुर चन्द, उपाध्यक्षमा देवबहादुर चन्द, महासचिवमा योगेन्द्र ठकुराठी, सचिवमा हेम महरा, कोषाध्यक्षमा दिपक भट्ट र सहकोषाध्यक्षमा विष्णुबहादुर सिंहको उम्मेदवार रहेका छन् ।

निर्माण व्यवसायीहरुको समस्या समाधान एवं निर्माण व्यवसाय पेशालाई मर्यादित बनाउन भट्टको नेतृत्वमा टीम बनेको सचिव पदका उम्मेदवार हेम महराले बताए । उम्मेदवार भट्ट राष्ट्रपतिबाट निर्माण पेशामा उत्कृष्ट कार्य गरे वापत जनसेवा श्री पदक प्राप्त गरि सकेका छन्।

ताजा समाचार

This will close in 10 seconds