कञ्चनपुरकाे शुक्लाफाटानगरपालिका -३मा नवजात शिशुकाेशव फेला पारेकाे छ ।

बुधबार विहान १०;३० काे समयमा स्याली र सुनबरा नदीको दोभान नजिक रहेको जमिनमा वेवारिसे अवस्थामा नामथर, ठेगाना खुल्न नआएको नवजात शिशु (बालक) को शव फेला परेकाे हाे ।

स्याली र सुनवरा नदीको दोभान रहेको जमिनमा मृतक नवजात शिशु (वालक) को शव नांगो रही दक्षिण टाउको उत्तर खुट्टा भई उत्तानो पल्टीएको अवस्थामा जमिन सतहमा नवजात शिशु (बालक) को लाश फेला परेकाे थियाे । उक्त शव पोष्टमाटमको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर कञ्चनपुर ल्याईकाे छ।







