मिलोमतोमा चुरेसंगै जोडिएको कामिकाटे खोला दोहन


कञ्चनपुर: कञ्चनपुरको चुरेसंगै जोडिएको कामिकाटे खोला दोहन भईरहेको छ । खोला नाला बन्द अवधीमा भीमदत्त नगरपालिकाको कामिकाटे खोला दोहन भईरहेको हो । भाँषी ब्रम्हदेब सडकखण्ड नजिकै कामिकाटे खोलाबाट खुलेयाम उत्ख्नन भईरहेको छ । जनप्रतिनिधीसंग मिलोमतोमा ठेकेदार कम्पनीले खोला दोहन गरेको भन्दै स्थानीय बिरोध गरेका छन । बर्षातका बेला खोलामै जेसिभी लगाएर ग्राभिल संकलन भईरहेको छ । सरोकारवाला निकायमै मिलोमतोमा खोलाबाट अवैध रुपमा ग्राभिल उत्ख्नन गर्ने काम भएको स्थानीयले बताएका छन । कामिकाटे खोला संरक्षण समितिका अध्यक्ष पदम नाथले वडाध्यक्षकै अनुमतीमा ठेकेदारहरुले खोला उत्खन्न गरेको बताए ।

‘हामीले अवैध उत्ख्नन रोक्न वडाध्यक्षलाई भनेका छौँ, ‘उनले भने, ‘पुलमै छेउबाट उत्ख्नन भईरहेको यो मिलोमतोमै हो ।’ चालु आर्थिक बर्ष २०७९/०८० मा स्थानीय भीमदत्त नगर सरकारले रोयल्टी संकलनका लागि ठेक्का नलगाउँदै अवैध रुपमा खोला नाला दोहन हुन थालेका छन । बर्षातका बेला उस्तै पनि पृथ्वी कमसल हुने र जथाभावि नदी दोहनले प्राकृतिक विपद्ी निम्तिने भएकाले रोकथामका लागि स्थानीयले माग अघि सारेका छन । कामिकाटेखेला दोहन हुन लागेपछि खोलाबाटै सशस्त्र प्रहरीले एक जेसिभी नियन्त्रणमा लिएर नगरपालिकालाई बुझाएको छ । सशस्त्र प्रहरी बल ब्रम्हेदबले अवैध रुपमा उत्ख्नन गरिएको जेसिभीलाई नियन्त्रणमा लिएर नगरपालिका बुझाएको हो । भीमदत्त नगरपालिका कार्यालयका सुचना अधिकारी हरिसिह धामीले महाकाली तेस्रो चरण निर्माण कम्पनीले सिधै खोलामा जेसिभी लगाएर उत्ख्नन गर्दा सशस्त्र प्रहरीबाट नियन्त्रणमा लिएर नगरपालिका बुझाएको बताए ।

‘नगरपालिकासंग कुनै समन्वय र सहकार्य पनि भएको होईन, ‘सुचना अधिकारी धामीले भने, ‘आफै खोलामा जेसिभी हालेर उत्खनन् गरिरहेको अवस्थामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर हामीलाई बुझाएको छ, थप बुझिरहेका छौँ ।’ भीमदत्त नगरका प्रवक्ता महेन्द्र खडकाले गैर कानुनी रुपमा खोला नाला दोहन गर्ने व्यक्ति समुह उपर कानुनी कार्बाही गरिने बताए । तर, स्थानीयले जनप्रतिनिधीकै मिलोमतोमा दोहन भएको हुँदा कार्बाही भन्दा पनि झनै छुट मिल्ने चिन्ता व्यक्त गरेका छन । नागरिकले घरसायी कामकाजका लागि दुई बोरा ग्राभिलिङ्ग, वालुवा ल्याउँदा कार्बाही गर्ने, तर ठेकेदारले ल्याउँदा छुट दिने प्रवृति मिलोमतोमै मापदण्ड विपरित खोला दोहन हुन लागेको ठोकुवा गरेका छन ।


ताजा समाचार

spot_img