टेकमाईण्ड नेटवर्क प्रालीको महेन्द्रनगर शाखामा तालाबन्दी


कञ्चनपुर : टेकमाईण्ड नेटवर्क प्रालीको महेन्द्रनगर शाखामा तालाबन्दी गरिएको छ । कम्पनीले समयमा तलव नदिएको भन्दै प्रालीको महेन्द्रनगर शाखामा कार्यरत कर्मचारील आज तालाबन्दी गरेका हुन् । कम्पनीले विगत तिन महिनादेखिको तलव नदिएकोले आफुहरुले शाखामा तालाबन्दी गरेको उक्त कम्पनीमा कार्यरत पुष्पराज जोशीले बताए । ‘चाडवाडको मुखमा पुग्दासमेत कम्पनीले जेठ देखिको तलव दिएको छैन्,’ जोशीले भने ‘कम्पनीका उच्च पदाधिकारीहरुसंग कुरा गर्दा समेत कुनै प्रतिक्रिया नआएकोले आफुहरु शाखामा तालाबन्दी गर्न बाध्य भएका हौ।’


कम्पनीको उक्त शाखामा कार्यरत ३० जना कर्मचारीमध्ये २५ जनाको तलव जेठ महिनादेखि रोकेर राखेको उनले बताए ।
उनका अनुसार कम्पनीले विगतमा पनि समयमा तलव नदिने गरेको र सधै तलवका लागि निवेदन दिनुपर्ने बाध्यता रहेको थियो ।
कम्पनीको कमजोर फाईनान्सीयल ईष्टेटेन्टका(आर्थिक अवस्था कमजोर) कारण कर्मचारीहरुको तलव समयमा दिन नसकिएको महेन्द्रनगर शाखाका प्रबन्धक रवी रोकायाले बताए । कर्मचारीको तलब छिट्टै नै दिने व्यवस्था गरिरहेको उनले बताए ।


ताजा समाचार

spot_img