भोलीबाट दोधारा चाँदनीमा ‘तिज महोत्सव–२०७९’

दोधारा । सामाजिक सदभाव र भातृत्व कायम राख्न कालिका हाट बजार समितिले भब्यताको साथको ‘तिज महोत्सव–२०७९’ संचालन हुने भएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ९ स्थित रहेको कालिका हाट बजारले अम्बिका माध्यमिक बिद्यालयको प्रांगणमा भब्यताको साथ सदभावपुर्ण तिज बिशेष कार्यक्रम संचालन गर्ने भएको कालिका हाँट बजार समितिका संयोजक रोशन रावलले बताएका छन् । बिगतका दिनहरुमा समेत दोधारा चाादनी नगरपालिकामा अम्बिका माध्यमिक बिद्यालयको प्रांगणमा तिजको उपलक्ष्यमा बिशेष कार्यक्रम संचालन हुदै आएको हो ।

सामाजिक सदभाव र भातृत्वलाई कायम राख्नको लागी यस पटक पनि तिज पर्वको उपलक्ष्यमा बिगतका दिनहरु भन्दा फरक खाले सामाजिक सदभावलाई झल्काउने तिज बिशेष कार्यक्रम संचालन गर्न थालिएको कालिका हाँट बजार ब्यवस्थापन समितिका संयोजक रोशन रावलले जनाएका छन् । ‘तिज महोत्सव–२०७९’ को तायरी पुरा भएको आयोजक संस्थाले जनाएको छ् । कार्यक्रम आउदो १४ गते देखि १६ गते सम्म संचालन हुने बताईएको छ् । डिसीए नेपाल, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए), माईती नेपाल, दोधारा चाँदनी नगरपालिका कार्यालय, रुपाल ट्रडर्स लगाएतको संस्थाहरुले ‘तिज महोत्सव–२०७९’ लाई सघाएको छ् ।

 

ताजा समाचार

This will close in 10 seconds