दोधारा चाँदनीमा सशस्त्र प्रहरीद्वारा प्रतिबन्धीत पेय पदार्थ बरामद गरी नष्ट

दोधारा । दोधारा चाँदनीमा सशस्त्र प्रहरीले प्रतिबन्धीत भारतिय पेय पदार्थ बरामद गरि नष्ट गरेको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ पुर्णागिरी घाटमा भारतबाट अबैधरुपमा भित्र्याउदै गरेको स्प्राईट, डिउ लगाएत भारतिय पेय पदार्थ सशस्त्र प्रहरीले आज बिहान बरामद गरेको हो । सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (देबिस्थान) का महेश राज भट्टको कमाण्डमा गएको गस्ती टोलीले उक्त प्रतिबन्धीत पेय पदार्थ बरामद गरेको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (देबिस्थान) का सशस्त्र प्रहरी निरिक्षक प्रबिन फुर्‍यालले जानकारी दिएका छन् ।

सशस्त्र प्रहरीको गस्ती टोलीलाई देख्ना साथ भारतबाट अबैधरुपमा ल्याउदै गरेको पेय पदार्थ फालेर भागेको बताईएको छ् । बरामद पेय पदार्थ रु. १५ हजार बरामद मुल्य रहेको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (देबिस्थान) का सशस्त्र प्रहरी निरिक्षक प्रबिन फुर्‍यालले बताएका छन् । बरामद पेय पदार्थलाई आज बिहान जनप्रतिनिधी, पत्रकार, बुद्धिजीवीको रोहवरमा नष्ट गरिएको छ् । सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (देबिस्थान) मा सशस्त्र प्रहरी निरिक्षक प्रबिन फुर्‍यालको आगमन पछि सिमा तस्करीमा कडाई गर्न थालेको स्थानियहरुले बताएका छन् ।

 

ताजा समाचार

This will close in 10 seconds