कञ्चनपुर : सुदूरपश्चिम प्रदेशका बरिष्ठ शिक्षा प्रशासक तथा क्षेत्रीय शिक्षा निर्देशनालयका प्रमुख दुर्गादत्त विष्टलाई सम्मान गरिएको छ । तत्तकालिन शिक्षा तालिम केन्द्र दिपालयका प्रमुख विष्टलाई शनिबार एक कार्यक्तमका विच कञ्चनपुर महेन्द्रनगरमा सम्मान गरिएको हो । कञ्चनपुरका शिक्षक संघ संगठनहरुले शिक्षा निर्देशक विष्टको शिक्षा तालिम उपकेन्द्र महेन्द्रनगरको सभा कक्षमा सम्मान तथा विदाई गरेका छन । बरिष्ठ शिक्षा प्रशासक विष्ट तालिम केन्द्र प्रमुख हुँदा उनले सुदूरपश्चिमका तालिम केन्द्र सुधारका साथै शिक्षकको पेशागत बृद्धि विकासका लागि थुप्रै योजना ल्याएको भन्दै तालिम केन्द्रबाट निर्देशनालयमा सरुवा भएका विष्टको सम्मान र थप शिक्षा क्षेत्रमा काम गर्ने उत्प्रेरणाका लागि सम्मान गरिएको शिक्षकहरुले बताएका छन ।
नेपाल शिक्षक संघ कञ्चनपुरका सचिव नविन सिह धामीले जिल्लाका सबै शिक्षक संघ संगठनहरुको आयोजनामा तत्तकालिन तालिम केन्द्र प्रमुख विष्टलाई अभिनन्दनका साथै विदाई गरिएको बताए । बरिष्ठ शिक्षा प्रशासक विष्ट शिक्षा तालिम केन्द्र प्रमुख भएका बेला कैलाली, कञ्चनपुर, बैतडीका उप तालिम केन्द्रको स्तरबृद्धिका साथै सुदूरपश्चिका बालविकास देखि माध्यामिक तहसम्मका शिक्षकको पेशागत बृद्धि विकासका लागि थुप्रै तालिम संचालन गरेर शिक्षाको गुणस्तर बृद्धिका लागि योगदान पु¥याएको शिक्षकको मुल्याङ्गकन रहेको छ । क्षेत्रीय शिक्षा निर्देशक विष्टलाई दोसल्ला, खादा, ओढाउनुका साथै टोपी उपहार दिएर सम्मान गरिएको थियो । स्वागत मन्तव्य राख्दै उपतालिम केन्द्र महेन्द्रनगरका प्रशासनिक सहायक मदनराज जोशीले तालिम केन्द्र प्रमुख विष्टबाट थुप्रै आन्तरिक तथा भौतिक सुधारका कामकाज अघि बढेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका तालिम केन्द्रका तत्तकालिन प्रमुख तथा शिक्षा निर्देशक दुर्गादत्त विष्टले तालिम केन्द्रका साथै समग्र सुदूरपश्चिमको शैक्षिक गुणस्तर सुधारका लागि आफ्नो तर्फबाट काम गर्ने प्रतिबद्धता जोहर गरेका थिए । महेन्द्रनगर नमुना माविका प्रअ ललित सिह साउदको अध्यक्षमा भएको कार्यक्तममा शिक्षक गंगादत्त जोशीले शुभकामना मन्तव्य राखेका थिए, भने संचालन शिक्षक ओम प्रकास जोशीले गरेका थिए । कार्यक्रममा कञ्चनपुरका विभिन्न संघ संगठनका शिक्षकको सहभागिता रहेको थियो ।






