कञ्चनपुर : लागु औषध सहित कञ्चनपुर जिल्लामा दुई जना पक्राउ परेका छन् । शुक्रबार बेलौरी नगरपालिका वडा नं. ६ प्रेमनगरबाट कैलालीको धनगढी उपमहानगरपालिका वडा नंम्बर १ पुष्पलाल चोक बस्ने ३२ बर्षिय हरीश खड्का र वडा नं. ८ क्याम्पस रोड बस्ने २७ बर्षीय बिबेक बराललाई दुई दशमलव ७८ ग्राम खैरो हिरोईनसहित प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय बेलौरीबाट प्रहरी सहायक निरिक्षक शंकर कुँवरको कमाण्डमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको से ३ प ५६६६ नम्बरको मोटरसाईकल संका लागि निरिक्षण गर्दा लागुऔषध बरामद गरेपछि उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उनीहरु प्रयोगकर्ता हुन वा डिलर वा सव डिलर के हुन ? भन्ने बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चपनुरका प्रमुख एसपी चौधरीले बताए ।







