नेपाल राष्टिय समाज कल्याण संघले आफनो २३ औ वार्षिक साधारण सभा तथा छैठौ महाधिवेशन सम्पन्न


कञ्चनपुर : नेपाल राष्टिय समाज कल्याण संघले आफनो २३ औ वार्षिक साधारण सभा तथा छैठौ महाधिवेशन सम्पन्न गरेको छ । आज आफनै कार्यालयको सभा हलमा गरिएको कार्यक्रममा ९ सदस्यीय कार्य समिती गठन गरिएको छ ।मायादेबी शार्कीको अध्यक्षतामा ९ सदस्यीय कार्य समिती गठन गरिएको कार्य समितीका सचिव सुरेश पाल्पालीले जानकारी दिनुभयो ।

यसैगरी उपाध्यक्षमा रतन जैरु, महाचिवमा रुपा कौशल परियार, सचिव सुरेश पाल्पाली, कोषाध्यक्ष कविता भटट चयन भएका छन्। यस्तै सदस्यहरुमा गेहेन्द्र नेपाली, आरती उराव र रोशना रहेका छन् ।विगत ३२ वर्षदखी सुदूरपश्चिम लगायत देशका अन्य जिल्लामा सामाजिक क्षेत्रमा क्रियाशिल भएर कार्य गरिरहेको संस्थाले समाजमा रहेका विपन्न दलित आदिवाशी अपाङगता,तथा पछाडी पारिएको समुदायको लागी निरन्तर कार्य गर्दै आएको संस्थाका कार्यकारी निर्देशक अशोक विक्रम जैरुले बताउनु भयो ।

साथै संस्थाले गएको आर्थिक वर्षमा आफनो संस्थाले १४ करोड माथी बिभिन्न कार्यक्रम गरेको र यो चालु आर्थिक वर्षमा १६ करोड बढी कार्यक्रहरु गर्ने लक्ष्य लिएको निर्देशक जैरुको भनाई रहेको छ ।उक्त कार्यक्रमको सभापतिमा निर्वतमान अध्यक्ष किशोर विक्रम जैरुले गर्नु भएको थियो भने,प्रमुख अतिथीमा जिल्ला मसन्वय समितीका संयोजक दुर्गादत्त बोहराको रहेको थियो । विशिष्ट अतिथीमा अधिवक्ता उमेश विष्ट रहनु भएको थियो ।


ताजा समाचार

spot_img