जिल्ला प्रहरी कार्यालय कन्चनपुरले लागुऔषध नियन्त्रण गर्न समुदायिक कार्यक्रमलाई तिव्रता


कञ्चनपुर : जिल्ला प्रहरी कार्यालय कन्चनपुरले लागुऔषध नियन्त्रण गर्न समुदायिक कार्यक्रमलाई तिव्रता दिएको छ । दिनप्रतिदिन बढिरहेको लागु औषधको ओसारपसार र प्रयोगलाई प्रहरी र समुदायको सामुहिक सक्रियतले न्युनिकरण गर्न सकिन्छ भन्दै प्रहरी सक्रिय भएको हो । पछिल्लो समयमा लागु औषधको प्रयोगकर्ता, मोटरसाईकलको दुरुपयोग, मादक पदार्थ सेवनकर्ता लगायतका विकृतिमा थारु समुदायका युवाहरुको संख्या वढ्दो क्रममा रहेको सन्दर्भमा आज भीमदत्त नगरापलिकाका थारु समुदायका वुद्धिजिवी र बडघरसंग जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक श्यामसिंह चौधरीको संयुक्त उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सहभागीहरुले सबैभन्दा पहिले अभिभावकहरु सुध्रिनु पर्ने, जनप्रतिनिधिहरु जिम्मेवार हुनु पर्ने, लागु औषधको ओसारपसार गर्ने र उपभोग गर्ने विरुद्ध मरमुलाहिजा नराखिकन प्रहरीमा जाहेरी दिनु पर्ने, वालवालिकाहरुको शिक्षामा जोड दिनु पर्ने, सरकार र सरकारी निकायले गर्ने जातीय विभेद हटाउनु पर्ने, अशिक्षितहरुका लागि विभिन्न चेतनामुलक कार्यक्रम गर्नु पर्ने, प्रहरीसंग निरन्तर समन्वयमा रहनु पर्ने लगायतका सुझावहरु राखेका थिए । प्रहरी उपरिक्षक श्यामसिंह चौधरीले प्रहरी भनेको बर्दि लगाएको नागरिक हो भने नागरिक भनेका विनाबर्दीका प्रहरी रहेको बताउनु भयो । प्रहरीे गाउँको कुना कुनामा निरन्तर उपस्थिति नहुँन सक्दछ । त्यसकारण गाउँघरमा हुने लागु औषध ओसारपसार, प्रयोग, मादक पदार्थको अत्यधिक प्रयोग, हिंसात्मक घटना, चोरी डकैती लगायतका अबाञ्छित क्रियाकलाप नियन्त्रण गर्न स्थानीय समुदायको सक्रियताले मात्र प्रहरीले जिल्लामा शान्ति सुरक्षा, अमनचयन कायम गर्न सक्ने वताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयमा भएको उक्त अन्तरक्रिया कार्यक्रममा थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य सीता डगौंरा, शारदा बिद्यापीठ महेन्द्रनगरका उप–प्राध्यापक आचार्य मोहनप्रसाद चौधरी, भीनपा वडा नं. ३ का वडा सदस्य रमेश चौधरी, थारु महिला मञ्चकी अध्यक्ष भारती चौधरी, आदिवासी जनजाति पत्रकार महासंघकी केन्द्रीय सदस्य लक्ष्मी चौधरी, आदिवासी जनजाति महासंघका केन्द्रीय पार्षद उदय चौधरी लगायत विभिन्न गाउँका बडघर, पत्रकार, व्यवशायी र बुद्धिजिवीहरुका साथै प्रहरी वरिष्ठ हवलदार सपना ऐरीचौधरी एवम् अन्य प्रहरीको समेत उपस्थिति रहेको थियो


ताजा समाचार

spot_img