दोधारा । दोधारा चाँदनी नगरपालिकामा रामलिला नाट्य श्रंखला संचालनको लागी छलफल अघि बढाईएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ७ स्थित लक्ष्मी माध्यमिक बिद्यालयको प्रांगणमा संचालन हुदै आएको रामलिला नाट्य श्रंखला कोरोना संक्रमणको कारण गएको वर्ष स्थगित भएसंगै यस वर्ष नाट्य श्रंखला संचालनका लागी छलफल अघि बढाईएको छ् । दोधारा चाँदनी नगरपालिकामा गठन भएको आदर्श रामलिला समितिले यस वर्ष रामलिला नाट्य श्रंखला संचालन गर्ने बिषयमा सर्वपक्षिय छलफल गर्ने भएको छ् । दोधारा चाँदनी नगरपालिकाका मेयर तथा आदर्श रामलिला समिति दोधारा चाँदनीका संयोजक किशोर कुमार लिम्बुले आफ्नो भोली नाट्य श्रंखला संलान गर्ने कि, नगर्ने बिषयमा सर्वपक्षिय बैठक बस्ने भएको जनाएका छन् । ‘रामलिला समिती को हिजोको बैठकले भोली बेलुका चार बजे सर्वपक्षिय भेला बोलाएर रामलीला नाटक संचालन गर्ने नगर्ने भन्ने विषयमा अन्तिम निस्कर्ष निकाल्ने भन्ने निर्णय गरेको जानकारीको साथमा पार्टीका साथीहरु, संघसंस्थाका साथीहरु, समाजसेवी, बुद्दिजीवी, कालाकार साथीहरु र चाँसो राख्नुहुने सम्पूर्णलाई उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछु’ दोधारा चाँदनी नगरपालिकाका मेयर तथा आदर्श रामलिला समिति दोधारा चाँदनीका संयोजक किशोर कुमार लिम्बुले आफ्नो फेसबुक पेजमा लेखेका छन् । धर्म, संस्कृतीको रक्षार्थ बिगतका दिनहरु देखि दोधारा चाँदनीको बाबाथान बजारमा रामलिला नाट्य श्रंखला संचालन हुदै आएको स्थानियहरुले बताएका छन् । मर्यादा पुरुषोत्तम भगवान राम चन्द्रको जिवनीमा आधारित रामलिलाले संस्कृतिलाई जोगाउन मद्धत पुग्ने विश्वास छ् ।

दोधारा चाँदनीमा यस वर्ष रामलिाल नाट्य श्रंखला संचालन होला त ?

