सामाजिक सदभाव र भातृत्व कायम राख्न कालिका बजार समितिको तीज बिशेष

दोधारा । सामाजिक सदभाव र भातृत्व कायम राख्न कालिका हाट बजार समितिले भब्यताको साथ तिज बिशेष कार्यक्रम संचालन गर्ने भएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ९ स्थित रहेको कालिका हाट बजारले अम्बिका माध्यमिक बिद्यालयको प्रांगणमा भब्यताको साथ सदभावपुर्ण तिज बिशेष कार्यक्रम संचालन गर्ने भएको कालिका हाँट बजार समितिका संयोजक रोशन रावलले बताएका छन् । बिगतका दिनहरुमा समेत दोधारा चाँदनी नगरपालिकामा अम्बिका माध्यमिक बिद्यालयको प्रांगणमा तिजको उपलक्ष्यमा बिशेष कार्यक्रम संचालन हुदै आएको छ् । सामाजिक सदभाव र भातृत्वलाई कायम राख्नको लागी यस पटक पनि तिज पर्वको उपलक्ष्यमा बिगतका दिनहरु भन्दा फरक खाले सामाकिज सदभावलाई झल्काउने तिज बिशेष कार्यक्रम संचालन गर्न थालिएको कालिका हाँट बजार ब्यवस्थापन समितिका संयोजक रोशन रावलले जनाएका छन् ।

अम्बिका माध्यमिक बिद्यालयमा बिगतका दिनहरुमा समेत तिज बिशेष कार्यक्रम संचालन हुदै आएको छ् । बिगतका दिनहरुमा स्थानियहरुको बाक्लो उपस्थितीहरुलाई मध्यनजर राख्दै यस पटक आयोजक संस्थाले यस पटक फmरक खाले जनचेतनामुलक तिज बिशेष कार्यक्रमको तयारीमा जुटेको छ् । कार्यत्रमलाई अझ सभ्य भब्य बनाउन सबै संग सहकार्य अघि बढाईएको बताईएको छ् । तिज बिशेष कार्यक्रम आउदो १४ गते देखि १६ गते सम्म संचालन हुने आयोजक संस्था कालिका हाट बजार समितिले जनाएको छ् । कार्यक्रममा सहभागी हुन सबैलाई आमन्त्रण समेत गरिएको छ् । स्थानिय युवा तथा सामाजसेवीहरुको सहयोगले अम्बिका माध्यमिक बिद्याललयको प्रांगणमा बिगतका दिनहरु देखि ठुला प्रकारका सास्कृती कार्यक्रम संचालन हुदै आएको छ् ।

ताजा समाचार

This will close in 10 seconds