काठमाडौं : मन्त्रिपरिषद्को भदौ ६ गते बसेको बैठकका निर्णयहरु सार्वजनिक भएका छन। सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बैठकले गरेका निर्णयहरु सार्वजनिक गरेका हुन्। पुर्व मुख्यसचीव लीलामणि पौडेलको संयोजकत्वमा उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने सरकारको निर्णय रहेको छ। उक्त आएकोले कर्मचारी र श्रमिकहरुको न्युनतम तलबभत्ता एवम् सुविधा वृद्धिको पुनरावलोकन तथा आवस्यक अध्ययन गर्नेछ।

सरकारले आर्थिक बर्ष ०७९/८० को लागी कृषि तथा पशुपंछी विकास मन्त्रालय अन्तर्गत २०४ राजपत्रांकित पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने प्रवक्ता कार्कीले बताए। ‘विमानस्थलमा मात्र ट्रान्जिट हुने बाहेक बिदेशी नागरिकलाई नेपालबाट तेस्रो मुलुकमा जान प्रस्थान अनुमति नदिनेगरी नेपाल सरकार मन्त्रिपरिषदबाट ०७८ बैशाख १३ गते भएको निर्णय खारेज खारेज गरि संयुक्त राष्ट्रसंघको अनुरोधमा “युनाइटेड नेसन्स मल्टी डानान्सनल इन्टेग्रेटेड स्टाब्लाइजेसन मिसन इन माली” मा सशस्त्र प्रहरी नेपालका १४० जना परिचालन गर्ने’, उनले भने।

भदौ २२ देखी २४ गतेसम्म बेलायतमा “अडेन्स सर्वे यु.के” ले आयोजना गर्ने भ्रमणमा सहभागी हुन सचीव रामप्रसाद थपलियालाई स्वीकृत दिएको उनले बताए। यसै बालाजु त्रिसुलि सडकखण्डको मर्खु-थिम्पिपली ५.५ कि.मि सडक निर्माणकार्य तत्काल अगाडि बढाइने विशेष परिस्थितिमा बोलपत्र आह्वान गरि खरिद प्रक्रियामा लैजान सैद्धान्तिक सहमति प्रदान गर्ने, रसीयामा आगामी भदौ २० गतेदेखि २३ गतेसम्म आयोजना हुने कार्यक्रममा सहभागी हुन वन तथा वातावरण मन्त्री प्रदीप यादव र सचीव प्रेम नारायण कडेल सहभागी हुन स्वीकृत दिएको प्रवक्ता कार्की बताए। सरकारले शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको नेतृत्वमा सचीव रामकृष्ण सुवेदीलाई ०७९ भदौ २३ देखि २४ गतेसम्म आइभेरी कोस्टमा आयोजना हुने कार्यक्रममा सहभागी हुन स्वीकृत दिएको छ। ०७९/८० को लागि सहरीविकास मन्त्रालय अन्तर्गत संचालन हुने विकास आयोजना कार्यक्रमहरु संचालन गर्न राजपत्रांकित श्रेणीका ३८० अस्थायी दरबन्दी स्वीकृत गरेको उनले बताए।

बैठकले महिला सान्ती र सुरक्षा सम्बन्धि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद प्रस्ताव नम्बर १,३२५ र १,८२० कार्यान्वयन सम्बन्धि दोश्रो राष्ट्रिय कार्ययोजना स्वीकृत गर्ने, फौजदारी कसुर कैद कट्टा दोश्रो संशोधन नियमावली ०७८ स्वीकृत गर्ने, ०७९ विद्युतिय सुशासन आयोग गठन तथा संचालन आदेश स्वीकृत गर्ने, ०७९ तत्काल समस्या समाधान निर्देशिका स्वीकृत गर्ने, विदेश स्थित नेपाली नियोगको आर्थिक कार्यविधि स्वीकृत गर्ने, ०७९ राष्ट्रिय चिकित्सा शिक्षा दोश्रो संशोधन नियमावली स्वीकृत गर्ने भएको छ। राजपत्रांकित प्रथम श्रेणीका सह-सचीव नारायण नारायण प्रसाद शर्मा दुवाडिलाई विशिष्ट श्रेणीमा बढुवा गरि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदुरपश्चिम् प्रदेशको प्रमुख सचिव पदमा पदस्थापना गर्ने निर्णय गरेको उनले बताए।






