कञ्चनपुर: कञ्चनपुरको बेलौरीमा नागरिक उन्मुक्ति पार्टीको जिल्ला पार्टी कार्यालय उद्घाटन गरिएको छ । सोमबार बेलौरी बजारमा जिल्ला पार्टी कार्यालय उद्घाटन गरिएको हो । नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टी कार्यालय उद्घाटन गरेको जिल्ला सचिव पिताम्बर चौधरीले बताए ।

पार्टी कार्यालय उद्घाटन पछि पार्टी प्रवेस कार्यक्रम राखिएको थियो । जसपाका नेता बाबुदेव राना सहित सयौँले पार्टी प्रवेस गरेका छन । तर, पार्टी प्रवेस गर्नेहरु को को हुन भन्नेमा नाम सार्वजनिक गरिएको छ । नागरिक उन्मुक्ति पार्टी कञ्चनपुरका अध्यक्ष नन्द कुमार रानाको अध्यक्षमा भएको कार्यक्रममा केन्द्रीय अध्यक्ष श्रेष्ठ सहितका नेता कार्यकर्ता सहभागि भएका थिए ।







