महेन्द्रनगर : कञ्चनपुरमा आज आईतवार १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय सिमाना गडडाचौकी नाकामा ४ जना, र शुक्लाफाँटा नगरपालिकामा १ जना, कृष्णपुर नगरपालिकामा ४ जना, रु पुनरवास नगरपालिकामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
आज ३ सय ८६ जनामा एन्टिजिन परिक्षण गरिएकोमा १३ जनामा पोजेटिभ देखिएको हो । आज १९ जनाले कोरोना जितेर घर फर्किएका छन भने, अहिले सम्म कोरोनालाई जित्नेको संख्या ४ हजार ९ सय १५ पुगेको छ ।
जिल्लामा अहिले सम्म एन्टिजिन परिक्षणबाट ५ हजार ९१ र हेल्थ डेस्क गडडाचौकी नाकामा एन्टिजिन परिक्षणबाट २ हजार ७ सय ६७ जना गरि ७ हजार ८ सय ५८ जनामा कोरोना पुष्टि भएको छ । जिल्लामा कोरोना सक्रिय संक्रमितको संख्या ८९ जना रहेको छ भने, अहिले सम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय १२ रहेको छ ।







