कञ्चनपुर क्षेत्र नम्बर १ (ख) प्रदेश सभामा काँग्रेसबाट टिकटका लागि नेता धामीको चर्चा


कञ्चनपुर : आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा समेत आकाँक्षी उम्मेदवारको चर्चा शहर बजार गाँउघरतिर राजनीतिक वृतमा चलिरहेको
छ । चिया चोक, चौतारा, सार्वजनिक स्थल एव विभिन्न राजनीतिक दलका भेला, बैठक तथा समाजिक क्षेत्रमा आँकाक्षी उम्मेदवारको चर्चा चलिरहेको छ । यो पार्टीबाट अलानो, उ पार्टीबाट फलानोले पाँउछ, यसले पाँउदा जनताको हितमा काम गर्छ, यसले पाँउदा सत्ता र बदमासको हितमा काम गर्छ भन्दै कुराकानी चलिरहेको छ । सत्ताधारी राजनीतिक दल काँग्रेसदेखि अन्य ठुला साना राजनीतिक दलका नेता एव स्वतन्त्र उम्मेदवारले समेत औपचारिक अनौपचारिक रुपमा आँकाक्षी एव उम्मेदवारी दिने घोषणा गरिरहेका छन । अहिले कञ्चनपुरमा नेपाली काँग्रेसका युवा नेता जनक सिह धार्मीको समेत चर्चा चलिरहेको छ । बेलडाँडीका स्थानीय समेत रहेका काँग्रेस युवा नेता धामीको पाटीबाट टिकट पाउने चर्चा चलिरहेको छ ।
गाँउघरदेखि शहरबजार हुँदै काँग्रेस पार्टीमा धामीको चर्चा चलिरहेको छ । स्थानीय तह निर्वाचनमा समेत बेलडाँडी गाँउप्रमुखका लागि त्याग गरेका धामीलाई यस पटक प्रदेश सभा सदस्यका लागि अघि सार्नुपर्ने काँग्रेस नेता कार्यकर्ताको जोडबल साथसर्मथन रहेको पाईन्छ । काँग्रेस अधिकाँस नेता कार्यकर्ताहरुले ईमान्दार, पढेलेखेका बिवादमा नफसेका, कार्यकर्ता र जनताको हितमा काम गर्ने नेता धामीलाई एक पटक अवसर दिनुपर्ने पक्षमा आवाज उठाईरहेका छन । बहुदलिय व्यवस्था स्थापनाका लागि ०४६ सालदेखि नै राजनीतिमा सकृय रहेका धामीलाई यस पटक कञ्चनपुर क्षेत्र नम्बर १(ख)बाट टिकट दिनुपर्ने आवाज उठिरहेको छ ।
निर्वाचन क्षेत्र १(ख) बेलडाँडी गाँउपालिका र बेलौरी नगरपालिका दुई पालिका एक प्रदेश क्षेत्र बनाएको बुझिन्छ । उक्त निर्वाचन क्षेत्रमा यस पटक बेलडाँडीबाट टिकट दिनुपर्ने नेताहरुले जोडबल गरेका छन ।
अधिल्लो प्रादेशिक निर्वाचनमा ०७४ मा काँग्रेसले बेलौरी भूगोलबाट उम्मेदवार दियो, अहिले बेलडाँडीबाट दिनुपर्ने काँग्रेस नेता कार्यकर्ताको माग रहेको छ । बेलडाँडी र बेलौरीका काँग्रेस नेता कार्यकर्ता यस पटक बेलडाँडीबाट उम्मेदवार दिनुपर्ने पक्षमा देखिएका छन । जिल्लादेखि केन्द्रबाट नेताहरुले सोही माग अघि सारिरहेका छन । ‘बेलडाँडीमा पनि हरेक दलमा प्रदेश स्तरका नेता रहेका छन, ‘एक काँग्रेस नेताले भने, ‘अब बेलडाँडीबाट उम्मेदवार नभए पाटी बिरुद्ध जान्छौँ, जसले बेलडाँडीबाट उम्मेदवार दियो उसैलाई साथ दिन्छौँ ।’ ईमान्दार कार्यकर्तामाथि केही काँग्रेस नेताहरुले थिचोमिचो, कुठाराघात गर्दा राम्रा र जनमुखी नेता कार्यकर्ताले टिकट नपाउने अवस्था सृजना भएको भन्दै त्यस्ता घातीलाई बहिस्कार गरिने समेत चेतावनी दिएका छन ।
प्रदेश, प्रतिनिधी सभा सदस्यको निर्वाचनमा बेलडाँडीका नेता कार्यकर्ताले टिकट नपाउने विडम्बना भन्दै यस पटक प्रदेश सभा सदस्यका लागि काँग्रेसले बेलडाँडीबाट धामीलाई अघि सानुपर्ने बताईरहेका छन । विगतमा प्रदेश, प्रतिनिधी सभा सदस्य निर्वाचनमा काँग्रेसले हरेक पटक पुनर्वास,लालझाडी र बेलौरीबाट नेता कार्यकर्ताहरुलाई अघि सारेको भन्दै यस पटक बेलडाँडीबाट दिनुपर्ने काँग्रेस नेता कार्यकर्ताको धारण छ ।
स्थानीय स्तर, राजनीतिक बृतमा प्रदेश सभा सदस्य निर्वाचनमा काँग्रेस नेता धामीको चर्चा चलिरहेको विषयमा काँग्रेस नेता धामीले निर्वाचन क्षेत्र नम्बर १(ख)बाट आफ्नो पनि दावि रहेको बताए । उनले स्वभाविक रुपमा आफु पनि पुरानो नेता भएकाले प्रदेश सभा सदस्यमा दावि र आँकाक्षी रहेको बताए । ‘पार्टीले मलाई अघि सारे म चुनावमा प्रतिस्पर्धा गर्न तयार छु, ‘धामीले भने, ‘सम्पूर्ण नेता कार्यकर्ता सिङ्गो पार्टीले साथ सर्मथन गरे म चुनावी मैदानमा जान तयार छु ।’ क्षेत्रको दिगो विकास सम्बृद्धि र थुप्रै समस्या समाधानका लागि प्रदेश सभा सदस्यको जिम्मेबारी पाउनुपर्ने उनको भनाई छ । नेता धामीले पार्टीले मुल्याङ्गकन गरे जनताले साथ दिने अपेक्षा राख्दै जनताको सेवा गर्ने प्रतिबद्धा जाहेर गर्नुभयो ।


Loading Viewer...

ताजा समाचार

spot_img