दोधारा चाँदनीमा हात्तीको आतंकले रातभरि जाग्राम

दोधारा । दिन दिनै बस्तीमा छिर्ने हात्तीले बडवाल टोलको बस्ती रातभरि मानिसहरु जाग्रम बस्ने गरेका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ बडवाल टोलमा साँझ ६ बज्ने बित्तिकै बस्तीमा छिर्ने हात्तीका कारण स्थानीय बासिन्दा रातभरि राम्रोसाग सुत्न सकेका छैनन् । बडवाल टोलका स्थानियबासी तथा वडा सदस्य लक्ष्मी राना समयमा चयनले सुत्न पाउदैनन । दिनभरि वडाको काममा थाकेर आराम गर्नका लागि घर आउने लक्ष्मी राना आराम गर्ने सपना करिब एक साता देखि पूरा भएको छैन । दिनभरी बैठक, सामाजिक सुरक्षा भत्ता बितरण, स्थानियहरुको कामले दिनैभरी भ्याई नभ्याई भएका वडा सदस्य लक्ष्मी रानालाई रातीको समयमा चैनको आराम गर्न नपाएको उनि बताउछन् । कारण एउटै हो, जंगली हात्तीको आतंक । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ जगबुडा नदीको पारि, भारतिय जंगल संग जोडिएको बस्ती बडवाल टोलमा एक साता देखि दैनिक रुपमा साँझको समयमा निस्कने हात्तीको आतंकले उनी हैरान मात्र नभई आजित भएका छन् । बडवाल टोलका उनी एक उदाहरणका पात्र मात्र हुन । उनि जस्तै दर्जनौं स्थानियहरु रातभरी हात्ती धानबाली, मकै वाली र चरी जंगली हात्तीको बथान धपाउनै रात बित्ने गरेका छन् । स्थानीयवासी दिनभरि काम गरेर आउने र राति आराम गर्ने बेलामा हात्ती धपाउनु पर्ने बाध्यता छ् । जंगली जनावरको आतंक र आक्रमणको त्रासका कारण रातभर जाग्राम बस्नुपरेको सो बस्तीका स्थानीय बासिन्दाहरु बताउछन् । हात्तीले आएर घरमा तोडफोड गर्नुका साथै स्थानीयवासीको बाली र मौका परेको बेला मानवीय क्षति समेत गर्ने भएका कारण आफूहरु रातभर जाग्राम बस्न बाध्य भएको स्थानियबासी प्रेम कामीले बताएका छन् । बस्ती संग जोडिएको भारतिय जंगलबाट प्रत्येक दिन रातीको समयमा एक दर्जन भन्दा बढी समूहमा निस्कने जंगली हाक्तीको कारण आत्रमणबाट जोगिन रातभर जाग्राम बस्न बाध्य भएका छन् । हात्तीको खतराबाट बचाउन नेपाल सरकार खासै केही नगरेको स्थानियहरुले बताएका छन् । स्थानियबासी प्रेम कामी पनि एक साता देखि रातीको समयमा राम्रो संग सुत्न पाएको दुखेशो पोख्छन् । बाक्लो भारतिय जंगल संग जोडिएको बस्ती बडवाल टोलमा बिगत लामो समय देखि जंगली हात्तीको आतंक रोकिएको छैन् । प्राय ः खेतमा वालीनाली हरियो भएको बेला बस्तीमा बच्चा सहित दर्जर्नौ हात्तीको बथान आउने गर्छ् । हात्तीको बथानले स्थानिय किसानहरुको खेतीवाली खाएर, उधनेर नष्ट गर्दै आएको छ् । कृषी र भारतिय रोजगारमा आश्रित बडवाल टोलका स्थानियहरुले हात्तीले उनिहरुको खेतको वाली खान थालेपछि हुन सम्म हैरानी खेप्दै आउनु परेको छ् । एक सातामा दर्जनौ किसानहरुले लगाएको धान, मकै बाली हुलमा बस्ती पसेको हात्तीले खाएर, उधनेर नष्ट गर्दै आएको स्थानियबासी पशुपती चन्दले बताएका छन् । ‘कती बेला हात्तीको बथानले कस्को ज्यान हो बस्तीमा त्रास छ्’ स्थानियबासी पशुपती चन्दले भने ।

 

ताजा समाचार