पप्पु गुरुङ्ग, दोधारा । कुतियावकर बस्तीलाई नेपाली काग्रेंसको सरकारले जोगाउने नेपाली काग्रेंसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री लेखकले बताएका छन् । आज दोधारा चाँदनी नगरफालिका वडा नं. १० मा आयोजित घरदैलो एक कार्यक्रमलाई सम्बोधन गर्ने त्रममा नेता लेखकले यस्तो बताएका हुन् । नेपाली काग्रेंसले बोलेको कुरा सदा पुरा गर्दै आएको बताउदै हिउदमा कुतियावकर बस्तीलाई जोगाउन जगबुडा नदीमा पक्की तटबन्ध निमार्ण कार्य पुरा हुने नेता लेखकले बताएका छन् । कुतियावकर बस्ती भारत संग जोडिएको सिमा बस्तीमा बस्दै आएको हुदा बाढीको कारण बस्ती बिस्तापित भए अतिक्रमण हुने हुदा राष्ट्रियताको लागी भएपनि बस्ती जोगाउनु पर्ने नेता लेखकले बताएका छन् । ‘बाढीको कारण बस्ती बिस्तापित भए अतिक्रमण हुने हुदा राष्ट्रियताको लागी भएपनि हामीले बस्ती जोगाउछौं’ नेता लेखकले भने । नेपाली काग्रेंसको पालोमा दोधारा चाँदनी नगरपालिका वडा नं. १ (जिरो पोईन्ट) देखि सुरु भएको जगबुडा नदीमा तटबन्ध निमार्ण कार्य वडा नं. ३ मा पुग्दै गर्दा केपी ओलीको सरकारले एक ईन्च अगाडी बढाउन नसकेको नेता लेखकले आरोप लगाएका छन् ।

दोधारा चाँदनी नगरपालिकाको वडा नं. ८ बाट कुतियावकर बस्ती सम्म यस पटक जगबुडा नदीमा पक्की तटबन्ध निमार्ण कार्य सुरु गर्ने तयारी भईरहेका उनको भनाई रहेको छ् । ‘अर्को पटक म भोट माग्न आउदा जगबुडा नदीमा पुरै बाँध बनाएको हुनेछ्’ नेपाली काग्रेंसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री लेखकले भने– ‘बिभिन्न झुटा बोल्ने, काम केही नगर्ने, भ्रम फैलाउने खास गरि नेकपा एमालेबाट आफु पनि जोग्गिनु होला र गाँउ घरका साथीहरुलाई पनि जोगाउनु होला ।’ नेकपा एमालेहरुले मासुका कुरा गर्ने, बोरिङ्गका कुरा गर्ने मान्छेलाई ठगेर जाने, जितेर गए फर्केर नआउने गर्दै आएको हुदा त्यसबाट बच्न समेत उनले सबैमा अनुरोध गरेका छन् । दोधारा चाँदनी नगरपालिकामा गएको २२ गते देखि सुरु भएको नेपाली काग्रेंसका केन्द्रिय सदस्य तथा पुर्व मन्क्री लेखकको घरदैलो कार्यत्रम आज वडा नं. १० मा भएको हो । आज वडाको कुतियाकवर, सुर्खेती टोल, गिरी टोल, प्रधान टोल, रावत टोलमा भेटघाट कार्यक्रम सम्पन्न गरिएको नेपाली काग्रेंस दोधारा चाँदनीले जनाएको छ् । पुर्व मन्त्री लेखकको घरदैलोमा कांग्रेस नेता, कार्यकर्ता, जनप्रतिनिधी सहभागी भएका छन् । कांग्रेसका पूर्व जिल्ला उप–सभापति गोपाल सिह गुरुङ्ग सहित कांग्रेसका जिल्ला उप–सचिव नाफु सिह साँउद, प्रदेश सभापती पुष्कर जोशी, काग्रेंस महाधिबेशन प्रतिनिधी बेल बहादुर राना, दोधारा चाँदनी नगरपालिका नगर सभापति राजेन्द्र मल्ल लगाएतका नेताहरु घरदैलोमा दैनिक सहभागी भएका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. १ मा नेता लेखकको घरदैलो कार्यक्रम आउदो ५ गते हुने बताईएको छ् ।

