काँग्रेस (विपी) कञ्चनपुरको पाटी कार्यालय स्थापना

कञ्चनपुर: नेपाली काँग्रेस (विपी) कञ्चनपुरको पाटी कार्यालय उद्घाटन गरिएको छ । बुधबार एक कार्यक्रमका विच काँग्रेस विपी कञ्चनपुरको जिल्ला पाटी कार्यालय उद्घाटन गरिएको हो । महेन्द्रगरमा काँग्रेस (विपी) कञ्चनपुरको पाटी कार्यालय स्थापना गरिएको छ । भाडाका घरमा अहिले पाटी कार्यालय स्थापना गरिएको उक्त पार्टीले जनाएको छ ।

काँग्रेस विपीका सुदूरपश्चिम प्रदेश बरिष्ठ उपाध्यक्ष मान बहादुर चन्द, जिल्ला संयोजक प्रकास बहादुर सिहले संयुक्त रुपमा पाटी कार्यालय उद्घाटन गरेका छन । पाटी कार्यालयमा प्यानर, झण्डा सहित पुजाआजा गरेर उद्घाटन गरिएको छ । नेपाली काँग्रेस (विपी) कञ्चनपुरका युवा कर्ण बहादुृर देउवाले भदौँ भित्रै जिल्ला सम्मेलन गरेर नेता कार्यकर्ताकोकार्य विभाजन गरिने बताए । काँग्रेस भित्र चरम नातावाद, कृपावाद, गुटबादले शिकार भएको भन्दै अधिकाँस नेता कार्यकर्ता विपी काँग्रेसतिर आईरहेको नेताहरुको दाविछ ।

ताजा समाचार

This will close in 10 seconds