महेन्द्रनगरमा कृष्ण लीला महोत्सव शुरु

कञ्चनपुर: कञ्चनपुरको महेन्द्रनगरमा कृष्ण लीला महोत्सव शुरुको छ । बुधबादेखि राधाकृष्ण मन्दिर संरक्षण समिति र लोक कल्याणकारी सेवा ट्रष्टको संयुक्त आयोजनामा दिव्य श्रीकृष्ण लीला महोत्सव शुरु भएको हो ।
कृष्णजन्माष्टमीको अवसर पारेर भीमदत्त नगरपालिका १८ बरपिपल चौराहमा रहेको राधाकृष्ण मन्दिरमा कृष्ण लीला महोत्सव भएको छ । उक्त महोत्सवको सुदूरपश्चिम प्रदेश सरकारका राज्यमन्त्री मान बहादुृरसुनारले महोत्सवको उद्घाटन गनुभयो । महोत्सव उद्घाटन गर्दै राज्यमन्त्री सुनारले परम्परागतदेखि चल्दै आएका धर्म संस्कृति संरक्षणका साथै धार्मिक पर्यटनमा जोडदिए ।
राधाकृष्ण मन्दिर संरक्षण समितिका अध्यक्ष तथा मुल आयोजक समितिका बरिष्ठ सयोजक ऋर्षिराम खरेलले पहिलो पटक दिव्य श्रीकृष्ण लीला महोत्सव आयोजना गरेको बताए । ‘हामी हरेक बर्ष श्रीकृष्ण जन्माष्टमी मनाउँदै आएका थिए, ‘उनले भने, ‘यस बर्ष कृष्ण भगवानको जिवनमा आधारिक महोत्सव नै आयोजना गरेका छौँ ।’
गौ सेवाका लागि अक्षयकोष निर्माण, धार्मिक पर्यटन प्रर्बद्धन, समाजिक विकृती हटाउँदै मानिसलाई धार्मिक आत्मात्मिक विधीबाट थप उत्तरदायी बनाउने लक्ष्य रहेको बताए । श्रीकृष्ण लीला महोत्सव मुल आयोजक समितिका सहसचिव राजेन्द्र केसीले धार्मिक महोत्सव सफल पार्नका लागि ११ उपसमिति मार्फत कामकाज अघि बढाईएको बताए । महोत्सवमा अन्र्तराष्ट्रिय वैदिक संस्कृति प्रचारक हरिशरण महाराजबाट दैनिक प्रबचन दिईने छ । आरती, प्रशाद ग्रहण, शालिग्राम दर्शन जस्ता धार्मिक आध्यात्मिक कार्य गरिनेछ । अन्र्तराष्ट्रिय वैदिक संस्कृति प्रचारक तथा महोत्सवका प्रमुख कथाबाचक हरिशरण महाराजले हिन्दुधर्म संस्कृति, कला, संस्कारको संरक्षणका सार्थै गौसेवा अक्षयकोष निर्माणका लागि महोत्सव फलदायी हुने बताए । धार्मिक महोत्सव ५ भदौँसम्म महोत्सव संचालन हुनेछ ।

ताजा समाचार