भीमदत्त १५मा रक्तदान तथा निःशुल्क रगत परीक्षण

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका १५मा रक्तदान तथा निःशुल्क रगत परीक्षण गरिएको छ । भीमदत्त नगरपालिका १५ वडा कार्यालयको आयोजना र नेपाल रेडक्रस सोसाईटी शाखा कञ्चनपुर, लाईफ केयर प्याथोलोजी र निङ्गलाशैनी कम्प्युटरको सहयोगमा रक्तदान तथा निःशुल्क रगत पर्रीक्षण गरिएको हो । बुधबार वडाकार्यालयमै रक्तदानका साथै रगतबाट विभिन्न रोग परीक्षण गरिएका छन ।

वडाध्यक्ष भुवन भट्टले रगत अभाव भईरहेका बेला रक्तदान र मानिस विभिन्न रोगबाट ग्रसित भएको बेला रगत परीक्षण गरेर रोगको पहिचान गरिएको बताए । प्रमुख अतिथि कार्यबाहक मेयर केशव विष्टले वडाले स्वास्थ्य सेवाका लागि अघि सारेको कार्यक्रम सरानिय भएको भन्दै अन्य वडाहरुले समेत समाजिक कार्य गर्नुपर्नेमा जोडदिए । रक्तदाताहरुलाई प्रमाण पत्र वितरण गरिएको छ । भने निःशुल्क रगत परीक्षण गर्न पाएपछि सेवाग्राहीलाई समेत लाभ भएको छ । रगत अभाव भईरहेका बेला बिरामीलाई रेडक्रस मार्फत राहत पाईनेछ ।

ताजा समाचार