आजदेखि भीनपा–१८ स्थित राधाकृष्ण मन्दिरमा कृष्ण लीला महोत्सव शुरु


कञ्चनपुर : आजदेखि कञ्चनपुरको महेन्द्रनगर भीनपा–१८ क्याम्पस रोड, बरपिपलको चौताराको अगाडि स्थित राधाकृष्ण मन्दिरमा कृष्ण लीला महोत्सव हुन लागेको छ । राधाकृष्ण मन्दिर संरक्षण समिति र लोक कल्याणकारी सेवा ट्रष्टको संयुक्त आयोजनामा दिव्य श्रीकृष्ण लीला महोत्सव हुन लागेको हो । जसको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिम प्रदेशका माननीय राज्य मन्त्री मान बहादुर सुनारले समुद्दघाटन गर्नु हुने कार्यक्रम रहेको छ ।

कृष्णजन्माष्टमीको अवसर पारेर भीमदत्त नगरपालिका १८ बरपिपल चौराहमा रहेको राधाकृष्ण मन्दिरमा कृष्ण लीला महोत्सव हुन लागेको छ । राधाकृष्ण मन्दिर संरक्षण समितिका अध्यक्ष तथा मुल आयोजक समितिका बरिष्ठ सयोजक ऋर्षिराम खरेलले पहिलो पटक दिव्य श्रीकृष्ण लीला महोत्सव आयोजना गरेको बताए । ‘हामी हरेक बर्ष श्रीकृष्ण जन्माष्टमी मनाउँदै आएका थिए, ‘उनले भने, ‘यस बर्ष कृष्ण भगवानको जिवनमा आधारिक महोत्सव नै आयोजना गरेका छौँ ।’

गौ सेवाका लागि अक्षयकोष निर्माण, धार्मिक पर्यटन प्रर्बद्धन, समाजिक विकृती हटाउँदै मानिसलाई धार्मिक आत्मात्मिक विधीबाट थप उत्तरदायी बनाउने लक्ष्य रहेको बताए । श्रीकृष्ण लीला महोत्सव मुल आयोजक समितिका सहसचिव राजेन्द्र केसीले धार्मिक महोत्सव सफल पार्नका लागि ११ उपसमिति मार्फत कामकाज अघि बढाईएको बताए । महोत्सवमा अन्र्तराष्ट्रिय वैदिक संस्कृति प्रचारक हरिशरण महाराजबाट दैनिक प्रबचन दिईने छ । आरती, प्रशाद ग्रहण, शालिग्राम दर्शन जस्ता धार्मिक आध्यात्मिक कार्य गरिनेछ । अन्र्तराष्ट्रिय वैदिक संस्कृति प्रचारक तथा महोत्सवका प्रमुख कथाबाचक हरिशरण महाराजले हिन्दुधर्म संस्कृति, कला, संस्कारको संरक्षणका सार्थै गौसेवा अक्षयकोष निर्माणका लागि महोत्सव फलदायी हुने बताए । ५ भदौँसम्म महोत्सव संचलन हुनेछ ।

यसवर्ष श्रीकृष्ण जन्माष्टीको दिन भदौं ३ गते विशेष कार्यक्रम अन्र्तगत शोभा यात्रा / हाँडी फोड कार्यक्रम रहेको छ जनु विहान ११ बजे हुने तय गरिएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img