ओझाद्धारा एक वृद्ध दलित परिवारलाई खाद्यन्न सहयोग

महेन्द्रनगर : भीमदत्त नगरपालिका ६ का एक वृद्ध दलित परिवारलाई खाद्यन्न सहयोग गरिएको छ । विगत ४० वर्षदखी सडक किनारामा आरन व्यावसायी गरीरहेका ६९ वर्षका विष्णु लुहारलाई भीमदत्त नगरपालिका ९ का हाल वैदेशिक रोजगारको लागि कोरियामा रहेका विन्द्र ओझाले खाद्यन्न सहयोग गरेका हुन् । खाद्यन्नमा चामल, दाल, नुन, तेल, पिठो तरकारी लगायतका खानेकुराहरु रहेको छ । ११ जनाको परिवारालाई लुहारले आरनमा काम गरेर पेट पाल्दै आएको र कामले पनि खान लाउन धौधौ पर्ने उनले गुनाशो पोखे,अहिले काम गरिरहेको ठाँउबाट पनि नगरपालिका सडक बिभागले धेरै पटक छाप्रो हटाएको भएपनि पेट पाल्नको लागी सडक छेउमा टहरा बनाएर पेट पाकिला रहेको लुहारले बताए । ओझाले सामाजिक कार्य वाफत दलित वृद्ध परिवारलाई सहयोग गरेको बताए ।

आफुले विदेशमा गरेको परिश्रम मिहिनेत पसिनाले कमाएको पैसाले केही मात्रा भएपनि सामाजिक क्षेत्रमा लगाउने उद्येश्यले सहयोग गरेको ओझाले बताए । अनावस्यक खर्च गरेर होटलमा गएर जन्मदिन मनाउनु भन्दा सामाजिक क्षेत्रमा रहेका दिनदुखीलाई सहयोग गरेर उनीहरुको अनुहारमा खुशी दिन सक्नु नै महान कार्य भएको आफुले बुझेकोले सहयोग गरेको हाल वैदेशिक रोजगारको लागि कोरियामा रहेका ओझाले बताए । ओझाले विगतका दिनमा पनि आफनो गाँउमा रहेको श्री यूवा वर्ष मावीलाई २५ हजार, क्यान्सर पिडितलाई ८० हजार सहयोग गरेको र सानै देखी सहयोगी भावना भएका समाजमा केही गर्नू पर्छ भनेर सामाजिक कार्यमा पनि अग्रसरता दिएको उनका भाई नरेन्द्र पन्तले जानकारी दिए । आफुलाई खाद्यन्न सहयोग गरेकोमा ओझालाई लुहारले धन्यवाद व्यक्त गरे ।

ताजा समाचार