दोधारा । मौसम परिवर्तन संगै दोधारा चाँदनीमा भाईरल बिरामीको चाप बढेको छ । दोधारा चाँदनी नगरपालिका स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा दैनिक भाइरल ज्वरोका बिरामी आउने गरेको प्राथमिक स्वास्थ्य केन्द्र दोधाराले जनाउको छ् । रुखाखोकी, ज्वरो, टाइफाईड लगाएत भाईरल ज्वरोका विरामीको चाप वढेको स्वास्थय केन्द्र प्रशासनले जनाएको छ । दैनिक १ सय ३० देखि १ सय ५० जनाको हाराहारीमा बिरामी आउने गरेका छन् । जसमध्ये ७० प्रतिशत बिरामी भाइरल ज्वरोको आउने गरेको प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डाक्टर आशिस पोखरेलले बताएका छन् । ‘दैनिक आउने बिरामी मध्ये अधिकांश बिरामी भाइरल ज्वरो भएका आउने गरेका छन्’ प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डाक्टर आशिस पोखरेलले भने । सुरुमा सामान्य टाउको दुख्ने, रिंगटा लाग्ने, नाकबाट पानी आउने र अनियमित ज्वरो आउने तथा रुघाखोकी लाग्ने र कमजोर हुने जस्ता लक्षण देखा पर्ने गरेको बताईएको छ् । भाइरलको प्रकोप देखिएकोले अनिवार्य मास्कको प्रयोग गर्न तथा उमालेको पानी प्रशस्त मात्रा पिउन चिकित्सकहरुले सुझाव दिदै आएका छन् । यस्तै प्राथमिक स्वास्थ्य केन्द्र दोधाराको प्रयोगशालाले दिईएको जानकारी अनुसार श्रावण महिना भित्र ६७ जनालाई गरिएको एन्टिजिन परिक्षणमा १९ जनामा कोरोना संक्रमण फेला परेको हो ।

