कञ्चनपुर : कञ्चनपुरको बेदकोट नगरपालिका एक वडाका सरोकारवाला पक्षले लागु औषध दुव्र्यशनी रोकथाममा जोडदिएका छन । मंगलबार बेदकोट नगरपालिका ९ नम्बर वडाद्वारा आयोजित लागु औषध दुव्र्यशनी रोकथाम बारे छलफलमा सरोकारवाला पक्षले लागु औषध दुव्र्यशनी रोकथाममा जोडदिएका हुृन ।
नेपाली काँग्रेस बेदकोटका नेता एव अगुवा सिरोमणी कुमार ओझा(सुर्य)ले समाज विध्वङसकारी लागु औषध नियन्त्रणको विकल्प नभएकाले स्थानीय र सरकारी निकाय लागु औषध निर्मूल पार्नमा अग्रसर हुनुपर्ने बताए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख श्यामसिह चौधरीले लागु औषध नियन्त्रणका लागि प्रहरी सकृय भई लागेको र नागरिक स्तरबाट समेत सहयोगको अपेक्षा लिए । बेदकोट नगरपालिका ९का वडाध्यक्ष जनक विष्टको अध्यक्षतामा भएको कार्यक्तममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।