महेन्द्रनगरको बैजनाथ माविमा ईन्जिनियरिङ्ग पढाई हुने

कञ्चनपुर : कञ्चनपुर महेन्द्रनगरको बैजनाथ माध्यामिक विद्यालयमा प्राविधिक संकाय तर्फ ईन्जिनियरिङ्गको पढाई हुने भएको छ । भीमदत्त नगरपालिका ४ बैजनाथ माविमा चालु शैक्षिक सत्रदेखि नै प्राविधिक संकाय तर्फ ईन्जिनियरिङ्गको पढाई हुने भएको हो ।
बैजनाथ माविका प्रध्यानाध्यापक हरिराज विष्टले चालु शैक्षिकसत्रदेखि नै ईन्जिनियरका कक्षा संचालन हुने बताए । प्रअ विष्टका अनुसार प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदले विद्यालयलाई डिप्लोमा ईन सिभिल ईन्जिनियरका कक्षा संचालनका लागि अनुमती दिएसंगै कक्षा संचालन गरिने बताए । ‘अनुमती पाईसकेका छौँ, ‘प्रंअ विष्टले भने, ‘पढाई संचालनका लागि आवश्यक प्रकृयामा अघि बढेका छौँ ।’
बैजनाथ माध्यामिक विद्यालयका अध्यक्ष अच्युतराज कलौनीले विद्यालयलाई प्राविधिक धार तर्फ लगेर शैक्षिक हब बनाउने आफ्नो योजना अनुरुप प्राविधिक शिक्षा अघि बढाएको बताए । अध्यक्ष कलौनीले विद्यालयलाई पुन नमुना बनाउने अभियान अन्र्तरगत कामकाज अघि बढाएको बताए । यस अघि विद्यालयमा प्राविधिक धार तर्फ कृषि बाली विज्ञानको पढाई संचालन भएको थियो । जिल्लाकै मुटुमा रहेको विद्यालयको बृद्धि विकासका लागि प्रअ विष्ट, अध्यक्ष कलौनी प्रयासरथ रहेका छन ।

ताजा समाचार