लियो क्लब महेन्द्रनगर सिटि स्माईलद्धारा शिव धाममा निःशुल्क स्वास्थ्य शिविर

महेन्द्रनगर : सामाजिक सेवाको क्षेत्रमा सक्रिय लियो क्लब अफ महेन्द्रनगर सिटि स्माईलले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । क्लबले साउने अन्तिम सोमबारको अवसरमा महेन्द्रनगर शिव धाममा निःशुल्क स्वास्थ्य शिविर तथा मास्क वितरण कार्यक्रम सम्पन्न गरेको हो ।
लियो क्बल अफ महेन्द्रनगर सिटि स्माईलको आयोजना तथा लायन्स क्बल अफ महेन्द्रनगर सिटिसँगको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर तथा मास्क वितरण कार्यक्रम आयोजना गरिएको क्लबकी अध्यक्ष प्रियकां जोशीले बताईन् । उनका अनुसार कार्यक्रममा एक सय ५० जनाको स्वास्थ्य परिक्षणसँगै स्वास्थ्य परामर्श दिईएको छ भने ३ सय ५० बढिलाई मास्क वितरण गरिएको छ ।
कार्यक्रममो लायन्स क्लब अफ महेन्द्रनगरका पुर्व अध्यक्ष तथा महेन्द्रनगर कलष्टर चिफ ला. जगदीशचन्द्र भट्ट, अध्यक्ष आषिस ओझा, लियो जिल्ला परिषद् ३२५ एन का सचिव मदन गिरी, जोन चियर पर्सन लियो सुनिल थापा लगायत अग्रज लायन्स तथा लियोहरुको सहभागीता रहेको थियो । स्वास्थ्यकर्मीद्वय तर्कराज भट्ट र सुरेन्द्र प्रशाद भट्टले स्वास्थ्य परिक्षणमा सहयोग गरेका थिए ।
कार्यक्रममा सामाग्री तथा स्वास्थ्यकर्मी व्यवस्थापनमा भीनपा–१८ वडा कार्यालय र मणिलेक डिस्ट्रिब्युटर्सले प्राविधिक सहयोग गरेको थियो ।

ताजा समाचार