कञ्चनपुरमा सोमवार ३० जनामा कोरोना पुष्टि

महेन्द्रनगर : कञ्चनपुरमा आज सोमवार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गडडाचौकी नाकामा १३ जना, दोधारा चाँदनीमा ५ जना, पिसिआर परिक्षणमा २ जना र कृष्णपुरमा १० जना र मा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
आज ४ सय ८३ जनामा एन्टिजिन र पिसिआर परिक्षण गरिएकोमा ३० जनामा पोजेटिभ देखिएको हो । आज ८५ जनाले कोरोना जितेर घर फर्किएका छन भने, अहिले सम्म कोरोनालाई जित्नेको संख्या ४ हजार ७ सय ७९ पुगेको छ । जिल्लामा अहिले सम्म एन्टिजिन परिक्षणबाट ५ हजार २४ र हेल्थ डेस्क गडडाचौकी नाकामा एन्टिजिन परिक्षणबाट २ हजार ६ सय ९५ जनामा कोरोना पुष्टि भएको छ । जिल्लामा कोरोना सक्रिय संक्रमितको संख्या १ सय ५८ जना रहेको छ भने अहिले सम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय १२ रहेको छ ।

ताजा समाचार