डडेल्धुरामा वन मुद्धा खेपेका व्यक्तिले पुनः वन फडानीमा सक्रिय

महेन्द्रनगर : डडेल्धुरामा वन फडानी गरेर मुद्धा खेपेका व्यक्तिले पुनः वन फडानी गरी जग्गा अतिक्रमण गरेको पाईएको छ । जिल्लाको परशुराम नगरपालिका ३ मष्टैधारमा रहेको राष्ट्रिय वनमा स्थानिय टिका सिंह थलालले वन फडानी गरेको पाईएको हो ।
गत वर्ष असारमा सयौ रुख काटेर मुद्धा खेपेका उनले अहिले फेरी रुख कटानी गरी जमिन अतिक्रमण गर्ने कार्य गरेको स्थानियले बताएका छन् । त्यो बेला ७२ वटा साना ठुला रुख काटेका थलालले स्थानियको उजूरी पछि वन कार्यालय डडेल्धुराबाट गएको टोलीले ४० वटा रुखको नापजाँच मात्रै गरेको र अन्य रुखको कर्मचारीहरुको मिलोमतोमा गायव पारिएको स्थानियको भनाई छ ।
तत्कालिन जोगबुढा सव डिभिजन वन कार्यालयका सहायक बन अधिकृत दिपेन्द्र केसीले टिकासिंह थलाललाई जिल्ला अदालतले ५० हजार जरिवानामा जिल्ला अदालतले रिहा गरेको र फडानी गरेको जमिन छोडने भन्दै कागजात गरेको भएपनि अहिले पनि ति व्यक्ती वन फडानीमा सक्रिय भएको सुचना आएको उनले बताए ।
जिल्ला वन कार्यालय सम्म वन फडानी जग्गा अतिक्रमण गरेको सुचना पुगे पनि अहिले सम्म कुनैपनि कारवाही गरेको पाईएको छैन् । स्थानियका अनुसार थलालले आफुले मुद्धा जितेको र अदालतले आफनो पक्षमा फैसला गरेको हो भन्दै रुख फडानी गरेर जग्गा बनाएर विक्री वितरणमा संलग्न रहेको बताए । राजनितिक पहुँच भएका थलालले जती पनि गैरकानुनी कार्य गरेपनि कारवाही नहुने भएकाले उनले बारम्बार यस्तै कार्य गर्दै आएको स्थानियको भनाई रहेको छ ।
(उक्त विषयमा टिका सिंह थलालसंग बुझन खोज्दा उनको फोन उठेन)

ताजा समाचार

This will close in 10 seconds