भीनपा–१५ द्वारा एकदिने रक्तदान तथा निःशुल्क रगत जाँच कार्यक्रम

कञ्चनपुर : भीमदत्त नगरपालिका –१५ नं. वडा कार्यालयले रक्तदान कार्यक्रमका साथै निःशुल्क रगत परीक्षण गराउने भएको छ ।
भीनपा–१५ले आफ्ना वडावासिहरुको स्वास्थ्यको ख्याल गरी एकदिने निः शुल्क रगत परीक्षण गर्न लागेको हो जसमा सुगर जाँच र किड्नी सम्बन्धी जाँच हुने छ । भदौं १ गते विहान ११ बजे देखि आफ्नै वडा कार्यालयको भवनमा रगत परीक्षण गर्न लागेको हो ।
उक्त कार्यक्रम सँगै कोई पनि रगतको अभावले अकालमै ज्यान गुमाउनु नपरोस भने मनसायका साथ रक्तदान कार्यक्रम संचालन पनि राखेको छ । रक्तदान गर्ने इच्छुकले रगत पनि दान गर्न सकिने वडा सचिव कुन्ती जोशीद्वारा हस्ताक्षरित सूचनामा जानकारी गराईको छ ।

 

ताजा समाचार

This will close in 10 seconds