जन्मदिवसको अवसरमा बाल अनाथालयलाई खाद्यान्न तथा स्टेशनरी सहयोग

कञ्चनपुर : अपाङ्गताको क्षेत्रमा लामो समय देखि काम गर्दै आउनु भएको समाजसेवी दिर्घ कुमार स्वारले आफ्नो ४५ औं जन्मदिवस कञ्चनपुरको समाज कल्याण अञ्चल बाल अनाथालयमा मनाउनु भएको छ । आफ्नो हरेक जन्मदिन समाजिक सेवामा समर्पित गर्ने स्वारले यसपालि समाज कल्याण अञ्चल बाल अनाथालायलाई खाद्यन्न र त्यहाँ रहेका विद्यार्थीलाई स्टेशनरी वितरण गर्नु भएको छ । खाद्यन्नमा चावल, दाल, तेल, नुन, र स्टेशनरीमा कापी, कलम हस्तान्तरण गर्नु भएको हो । साथै साँझको एक छाक खाना अनाथालयमा रहेका बालबालिका सँगै खानु भएको छ । यसरी जन्मदिन मनाउदा सारै आनन्दको अनुभुति हुने वहाँले बताउनु भयो, ‘ पश्चिमी संस्कृति हावी भैरहेको बेला यसरी जरुरतमन्द व्यक्तिलाई सहयोग गर्दा जन्मदिन पनि मनाइने र उनीहरुलाई सानो सहयोग भए पनि हुने ।’

No description available.

२०६५ सालमा दुर्घटनामा परी अपङ्गता हुन भएका स्वार कुनै सपाङ्ग भन्दा कम हुनु हुदैंन् । समाज सेवामा सधैं लागी रहन रुचाउने वहाँ भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा अधिकृतको रुपमा कर्यारत हुनु हुन्छ । आफु जस्ता अपाङ्गता भएका व्यक्तिहरुको समुह बनाई कृषि कार्य गर्दै आउनु भएको छ । ‘अहिले सम्म अपाङ्गता भएका व्यक्तिलाई सरकारले सहयोग गर्देै आएको थियो भने अहिले अपाङ्गता भएका व्यक्तिहरुले पनि सरकारलाई कर दिदैं राष्ट्रको विकासमा हातेमालो गरेर हिडेको’ स्वारले बताउनु भयो ।

वहाँको यस समाजिक कार्यले कुनै पनि बाहनामा समाज सेवा गर्न चाहे सकिन्छ भने बताउँद छ ।

ताजा समाचार

This will close in 10 seconds