नेपाली कांग्रेस बिपीले कञ्चनपुरमा ९ सदस्यी समिति गठन

महेन्द्रनगर : नेपाली कांग्रेस बिपीले कञ्चनपुरमा ९ सदस्यी समिति गठन गरेको छ । प्रकाशबहादुर सिंह संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरिएको हो । समितिको सदस्यमा कर्णबहादुर देउवा, नारायण प्रसाद बोहरा, धर्मराज जोशी, हसिना मगर, मिनबहादुर साउद, आनन्दी राना र हरि संकर राना रहेका छन् । उक्त समितिले पार्टी कार्यालय स्थापना, जिल्ला भरी कार्यकर्तालाई पार्टीमा आबद्ध गरी संगठन बिस्तार गर्नेछ ।

भदौं १६ गते जिल्ला कार्य समितिलाई पूर्णता दिइने नेपाली कांग्रेस बिपीका बरिष्ठ उपसभापति कर्णबहादुर मल्लले बताए । उनका अनुसार १४ गतेसम्म सबै ईकाई समितिहरुलाई गठन गरिनेछ । ‘भदौं १६ गतेनै मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनको रणनीति पनि बनाउँछौं,’ उनले भने, ‘५१ जिल्लामा कार्य समिति छन्, अब सबै जिल्ला र प्रदेशमा समिति गठन गर्छौ ।’

ताजा समाचार